तीन दिनपछि हवाई सेवा सुचारु

शैंमा यात्रु नभएपछि तीन दिनसम्म रोकिएको सिमकोटको हवाई सेवा सोमबारदेखि सुचारु भएको छ ।
Logo
Karnali Serophero मंगलबार, आश्विन २९, २०८१

हुम्ल्ला । दशैंमा यात्रु नभएपछि तीन दिनसम्म रोकिएको सिमकोटको हवाई सेवा सोमबारदेखि सुचारु भएको छ । राष्ट्रिय सडक सञ्जालसँग राम्रोसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा दशैंको मुख्य चटारो सकिएपछि तीनदिनपछि यात्रुहरु आवतजावत गर्न थालेका हुन् । दशैंको टिकाको अघिल्लो दिन मात्र हवाई उडान भएको सिमकोट विमानस्थलमा त्यस यता कुनै उडान नभएको सिमकोट विमानस्थलको स्रोतले जनाएको छ ।

यात्रु नभएपछि हवाई उडान हुन नसकेको सिता एयरका स्टेशन इन्चार्ज छेपाल लामाले जानकारी दिए । तीनदिनपछि सोमबार तारा एयर र नेपाल एयरलाइन्सले उडान भरेको नेपाल एयरलाइन्स सिमकोट स्टेशन इन्चार्ज छिरिङ लामाले बताए । लामाका अनुसार नेपालगञ्जदेखि तारा एयरले एक पटक तथा नेपाल एयरलाइन्सले दुई पटक उडान भरेको हो । दुवै एयरलाइनसले यात्रुसँगै दैनिक उपभोग्य सामग्री र अन्य सामान समेत ढुवानी गरेका थिए ।

अब यात्रुको चाप विस्तारै बढ्छ’, प्रमुख लामाले भने । नेपालगञ्ज र सुर्खेतबाट हुम्ला आउने यात्रुको चाप त्यतिधेरै नभए पनि हुम्लादेखि जिल्ला बाहिर जाने यात्रुको चाप भने उत्तिकै रहेको उनको भनाइ छ । सीता एयर र समिट एयरले भने उडान नभरेको सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

नेपालीहरुको महान चार्डका रुपमा मनाइने दशैंको अवसर पारी घर बाहिर भएका सबै घर आएपछि निकै चाप भएको हुम्लाको हवाई सेवा उनिहरु फर्किन थालेपछि पुनः टिकटका लागि समस्या हुने बताउन थालिएको छ । हरेक वर्ष दशैंको अघि जिल्ला फर्किने र दशैंपछि जिल्लाबाट फर्किने हवाई टिकट नहुँदा जिल्लाका नागरिकले खेप्नु पर्ने सास्ती यो पटक पनि दोहोरिने जानकारहरुले बताउने गरेका छन् ।

अनलाइनमा सहजै प्राप्त हुने सिमकोट नेपालगञ्ज र सुर्खेतको टिकट एक साताका लागि बुक भएको उल्लेख गरेका निजि विमान कम्पनीका प्रतिनिधिहरुले यो पटक पनि तल झर्नेहरुका लागि समस्या हुने बताउने गरेका छन् । गएको वर्ष दशैमा घर गएकाहरुको चापका कारण हवाई टिकट नपाएपछि यात्रुहरुले आन्दोलन समेत गर्नु परेको थियो ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]