हुम्ला । सदरमुकाम सिमकोट तल्लो बजार सिमसार क्षेत्रमा सोमबार विहान जिल्लाको मनसुन तथा अन्य विपदलाई मध्यनजर गरी विपद प्रतिकार्य कृत्रिम अभ्यास गरिएको छ । तीनवटै सुरक्षा निकाय नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त रुपमा सहभागीतामा डेमो प्रदर्शन गरेका थिए ।
सिमकोट तल्लो बजारको सिमसार परालको छानो भएको घरमा आगलागी भएको सूचना अनुसार घटनाकाे कृत्रिम ड्यामाे देखाइएकाे थियाे ।
आगलागीमा घर जलेका महिला आफ्नो घरको आगो नियन्त्रणमा सरिक हुँदा घाइते हुनुभयो र विपद व्यवस्थापन टोलीले तत्काल प्राथामिक उपचार समेत गरेको थियो । थप उपचारका लागि जिल्ला अस्पताल पठायाे ।
आगलागीको कृत्रिम घटना गराई नियन्त्रणका लागि पूर्वअभ्यास गरिएको बराहदल गुल्म, रानीवन ब्यारेक हुम्लाका सेनानी प्रतिक सिंह राठौरले बताए । हुम्लामा समबैभन्दा विपदका घट्ना मध्य आगलागीका घटना बढी भइरहने हुँदा यसबाट बच्ने उपायसहित पूर्व अभ्यास गरिएको सेनानी राठौरकाे भनाइ छ ।
घटनामा तीनवटै सुरक्षा निकायको विपद व्यवस्थापन टोलीको सहयोगमा आगलागी नियन्त्रण, उद्धार तथा घाइतेको उपचारको व्यवस्था गरिएको थियो ।
आगलागीका घट्ना नहुन यदी भइहालेमा घटनालाई कमभन्दा कम क्षतिमा न्यूनीकरण गर्नका लागि सुरक्षाकर्मीले विपदको समय आपद विपद, अप्ठेरो, सारोगारो नभनी आवश्यक सरसमान परिचालन सहित परिचालित भएको र अपुग तथा नपुगेका सरसमानको व्यवस्थापन गर्ने पूर्वतयारीका लागि जिल्लाका सुरक्षा निकायले पूर्वअभ्यास कार्यक्रम गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए ।
हुम्लामा हुने यस्ता विपदका घट्ना नियन्त्रणका लागि जिल्ला विपद व्यवस्थापन समिति पूर्वतयारीमा चनाखो रहेको उनले बताए ।
विपदका घट्ना जतिखेर पनि आइपर्ने भएकाले त्यस्ता घट्नाको पूर्वतयारीका लागि सरक्षाकर्मीले गरेको यो कार्य राम्रो भएको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)ले बताए । आगलागी, बाढी पहिरो जस्ता घट्नाबाट मानविय र धनजनको क्षतिबाट उद्धार गर्न र कृत्रिम अभ्यासको प्रदर्शनमा लागेका सुरक्षाकर्मीलाई धन्यवाद समेत दिएका थियो ।