हुम्ला । संविधान दिवस २०८१ को अवसर पार्दै जिल्ला अस्पताल हुम्लाका विरामीहरूलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको छ । सधा झैँ देशभर मनाउँदै आएको संविधान दिवसको अवसर पारेर असोज ३ गते (विहिबार) का दिन जिल्ला अस्पातलाल हुम्लाका विरामीहरूलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको हो ।
असोज २ गते जिल्ला प्रशासन कार्यालय हुम्लामा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेराको अध्यक्षतामा बसेको बैठकले संविधानको अवसरामा जिल्लामा कुन कार्यक्रम गर्ने भन्ने विषयमा छलफल गरिएता पनि अन्तमा विरामीहरुको भलाई गर्ने उदेश्यका साथ यो कार्यको थालनी गर्नुका साथै बैठकले उक्त निर्णय गरेको थियो ।
उक्त बसेको बैठकले जिल्ला अस्पताल हुम्लामा उपचाररत रहेका विरामीलाई स्वास्थ्य तथा सरसफाइका सामग्री वितरण गर्ने निश्कर्षपछि भदौ ३ गते विहान ८ वजे उक्त टोलिले जिल्ला अस्पताल हुम्लामै पुगेर सो सामग्री वितरण गरिएको हो । जसमा प्रति व्यक्ति विरामीलाई टावेल (रुमाल), नेलकटर (नङकट), मञ्जन बरस, नुहाउने र लुगा धुने साबुन एउटा÷एउटा वितरण गरिनुका साथै विरामीलाई आधा किलो हलिक्स समेत सहयोग गरिएको थियो ।
सिमकोट गाउँपालिका र सामाजिक विकास कार्यालय हुम्लाको संयुक्त आर्थिक सहयोगमा सामग्री सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए । प्रतिव्यक्ति विरामीलाई १ हजार ५ सयका दरले हुन आएको जम्मा १६ हजार ५ सय रुपियाँको सामग्री सहयोग गरिएको सामाजिक विकास कार्यालय हुम्लाका प्रमुख हर्कबहादुर बस्नेतले बताए ।
उक्त सामग्री सहयोगले अस्पतालमा रहेका विरामीका लागि राहत भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले बताए । यो उएटा उल्लेखनीय कार्यले विरामीहरूका लागि केही राहत हुनुका साथै यसरी संविधान दिवस मनाउनुमा सकारात्मक पक्ष रहेको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताए । हाल अस्पतालको इमर्जेन्सी वाडमा ११ जना विरामी उपचारत रहेको अस्पतालको स्रोतले जनाएको छ ।