प्रेसचाैतारी नेपाल हुम्लाद्वारा पत्रकार महासंघको कार्यालय तालाबन्दी

Logo
ऐटन रावल सोमबार, भाद्र ३१, २०८१

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको कार्यालयमा ताला बन्दी गरिएको छ । आफ्ना सदस्यहरुको नामावली छुटाएको भन्दै प्रेश चौतारी नेपालको हुम्ला शाखाले ताला लगाएको हाे ।

भदाै २९ गते शनिबार बेलुका नेपाल पत्रकार महासंघ केन्द्रले सार्वजनिक गरेका सदस्यता बिबरणमा प्रेस चौतारी नेपालको हुम्ला शाखाका सदस्यहरुको नाम हटाएको भन्दै भदौ ३१ गते महासंघको कार्यालयमा ताला लगाइएकाे हाे ।

प्रेस चाैतारीका चार जना सदस्यको नाम छुटेको भन्दै महासंघ हुम्ला शाखाको कार्यालयमा ताला लगाउने कार्य भएको प्रेश चौतारी नेपाल हुम्लाका सचिव दाने बोहराले बताए ।

उनले पत्रकार महासंघ हुम्ला शाखाले एक जनाको नविकरण र तीन जनाको नयाँ सदस्य प्रदानका लागि सिफारिस गरेकोमा ती चारै जनाको सार्वजनिक भएको नामावलीमा छुटाएको भन्दै कार्यालयमा ताला लगाउने कार्य भएको जानकारी दिए ।

नाम छुटेका चार जना सदस्यहरुमा नृपराज हमाल नविकरण गर्ने र नयाँ सदस्यताका लागि सिफारिस गरिएका सदस्यहरुमा लक्ष्या कामी, धनबहादुर भण्डारी, सुन्दर रावत र ऐटन रावल रहेका छन् ।

यस अघि महासंघ हुम्लाबाट ३२ जना पुराना सदस्यहरुको नाम नविकरणका लागि सिफारिस गरेको थियो भने ११ जनाको नाम नयाँ सदस्यहरुका लागि सिफारि गरेको थियो । हाल महासंघ केन्द्रले हुम्ला शाखाका लागि ४१ जनाको नाम सार्वजनिक गरेको छ । तर पुराना कृयाशिल पत्रकारहरूलाई हटाएर नयाँ सदस्य थपेकाे छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]