गाैरा पर्व नजिकियसँगै सिमकोट बजार सुनसान

दैनिक दिन भिड भाड देखिने सिमकोट बजार क्षेत्र यतिवेला गाउँ घरमा गौरा पर्व नजिकियसँगै सुनसान बनेको छ ।
Logo
ऐटन रावल सोमबार, भाद्र २४, २०८१

हुम्ला । दैनिक दिन भिड भाड देखिने सिमकोट बजार क्षेत्र यतिवेला गाउँ घरमा गौरा पर्व नजिकियसँगै सुनसान बनेको छ । बिशेष गरेर गैरा पर्वको लागि पूजापाठका माल सामान (सामग्री) किनमेल गरेर गाउँ तिर फर्कने मानिसको लस्करै लागेएको छ । विभिन्न चाडपर्व मध्ये विशेष धार्मिक महत्सव बोकेको गौरा पर्व कहिले भदौ शुक्ल पक्षमा पर्छ त कहिले भदौको कृष्ण पक्षमा पर्ने गर्दछ ।

यो पर्व विशेष गरि ठकुरी बस्तीमा मनाउने चलन रहेको छ । गौरा पर्वमा भगवान महेश्वर (शिव) र गौरी भगवतीको पूजा आरधानन गर्ने गर्दछन । धार्मिक पौराणिक अनुसार गौरा पर्वमा आफ्नो पतिको लामो आयू र सुख शान्तिको लागि महिलाहरु व्रत बस्ने जन विश्वास रही आएको छ ।
गाँउको अगुवा नाईक (मुखिया) को छतमा सबै महिलाहरु जम्मा भएर एक आपसमा मौलिक्ता झल्काउने लुगा लत्ता र गर गहना (पहिरान) लगाएर सुन्दरी झै सजिएर गौरा पर्व खेलिने गर्दछन् ।

हातमा दुधको लोटा (फुचिलो) लिई गोलबन्द भई फाग गित गाँउदै रमाउदै उक्त दुधलाई बिस्तारै क्रमस पोख्दै गौरा पर्व मनाउने गरेको खार्पुनाथ गाँउपालीका–५ खप्र्याल गाउँका रुपा शाहिले जानकारी दिइन । गौरा पर्वमा विशेष गरि बिरुडालाई आफन्त, छरछिमेक र इष्टमित्रका घरघरमा बाँडी गौरा भगवान र महेश्वरको (शिव) प्रसादका रूपमा परम्परा अनुसार ग्रहण गर्ने गरेको शाहिको भनाई छ ।

गौरालाई पहिलो दिन भित्र्याउछन् भने दोस्रो दिन पुरुषहरुले ढाल तरबार खेल्दै पठाउने गर्दछन । अनुकूल तिथिको अवसर पारेर यो पर्व विसर्जन गर्ने परम्परा रहेको स्थानीय अगुवाहरुले बताउने गरेका छन् । ठकुरी जातिका मानिसहरुले भदौ २५ गतेदेखि दुई दिन सम्म धुमधामका साथ गौरा पर्व मनाएर रमाइलो गर्ने भएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]