खार्पु सुनखाडा सडकखण्ड पुनः अवरुद्ध

कर्णाली करिडोर अन्तरगतको खार्पु सुनखाडा सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
Logo
नन्द सिंह बिहिबार, भाद्र २०, २०८१

हुम्ला । कर्णाली करिडोर अन्तरगतको खार्पु सुनखाडा सडक खण्ड पुनः अवरुद्ध भएको छ । जिल्लामा नियमित रुपमा अविरल वर्षासंगै माथिबाट आएको पहिरोका कारण खार्पु सुनखाडा सडकखण्ड पुन अवरुद्ध भएको हो । एकसाता यता नियमित परेको अविरल वर्षाले खार्पुनाथ गाउँपालिका–१ मुस्याडी नजिक पहिरो आउँदा बाटो अवरुद्ध बनेको स्थानीय कर्ण कामीले जानकारी दिए ।

उनले सडक अवरुद्ध भएपछि सवारी साधन ठप्प भएको बताए । सर्केगाडबाट सिमकोट आवत जावतमा यातायातका साधनत के पैदल हिड्ने बटुवालाई समेत कठिनाई हुने गरेको स्थानीय कामीको भनाई छ । उनका अनुसार पैदल मार्ग हुँदै आवत जावत गर्नु पर्दा पनि बाटो हिड्ने बटुवाले जोखिम मोल्नु पर्ने बाध्यता छ ।

अविरल वर्षाले बाटो निकै हिलाम्मे छ । गाडीत के मोटरसाइकललाई समेत आवतजावतमा समस्या हुने गरेको छ । सर्केगाडबाट खार्पुसम्म गाडीमा २ हजार र मोटरसाइकलमा ३ हजार रुपियाँ भाडा लिने गरेको पाइएकोछ । तर यो समय बाटो अवरुद्ध हुँदा पैदल मार्ग भएर आवत जावत गर्नुपर्दा निकै कठिनाई हुने गरेको बटुवा घमनसिंह रावतले बताए ।

उनले विहिवार आफु सर्केगाडमा रहेको इलाका प्रशासन कार्यालयमा जाँदै गर्दा बाटो अवरुद्धले सास्ती खेप्नु परेको गुनासो गरे । यस अघि पनि उक्त सडक खण्डको बाटो अवरुद्ध भएको भएपनि गाउँपालिकाले ढुङ्गामाटो पञ्छाएर सडक खुलाएको थियो । नयाँ निर्माण गरिएको सडक भएकाले पनि यहाँ दैनिक दिन माथिबाट पहिरो आउँदा आवतजावतमा समस्या हुने गरेको रावतको भनाई छ ।

दैनिक आवतजावतमा समस्या हुने भएका कारण खार्पुनाथ गाउँपालिकाले समयमै सडक मर्मत गरि सहजता अपनाउनुका साथै गाउँपालिकाको ध्यान जानु पर्ने दखिएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]