कृषि खेती उत्पादनमा वृद्धि ः बजारीकरणमा समस्या

गाउँका कृषकहरूले कृषि खेती उत्पादनमा वृद्धि गरे पनि बजारीकरणमा समस्या हुन थालेको छ ।
Logo
नन्द सिंह मंगलबार, भाद्र १८, २०८१

हुम्ला । गाउँका कृषकहरूले कृषि खेती उत्पादनमा वृद्धि गरे पनि बजारीकरणमा समस्या हुन थालेको छ । कृषकहरूको आधा र कृषि क्षेत्रमा काम गर्ने सहयोगी दातृ निकायहरूको आधा लगानी गरेर खेतबारीमा कृषि खेती उत्पादन गरेपनि बजार पाउन मस्किल हुने गरेको खार्पुनाथ गाउँपालिका–५ का अगुवा कृषक धनबहादुर परियारले गुनासो गरेका छन् ।

उनले गत दुई वर्षदेखि नियमित रुपमा अरुकै जग्गा भाडामा लिएर स्थानीय बाली, तरकारी र फलफुल खेती गर्दै आएका छन् । तर पर्याप्त बजार नभएका कारण उत्पादन भएको चिजबस्तु खेर जाने गरेको छ । भदौ १७ गते खार्पुनाथ गाउँपालिकाको आयोजना तथा ग्रेप परियोजनाको प्रायोजकमा सञ्चालन भएको हुम्लामा बाताबरण मैत्री कृषि उत्पादन र बजारीकरणको अवस्था, चुनौती र सम्भावना सम्वन्धि संवाद कार्यक्रममा बोल्दै खार्पुनाथका कृषकहरूले कृषि उत्पादनमा वृद्धि र बजारीकरणमा सहयोगको माग राखेका थिए ।

कार्यक्रममा बोल्दै अगुवा कृषक लालकोशा रावलले लामो समयदेखि कृषि क्षेत्रमा लागियो, उत्पादन पनि गरियो, तर यसमा लागेको रोग नियन्त्रणमा लिन नसकिएको बताइन् । उनले कृषि उत्पादन गरेर मात्रै हुँदैन यहाँको हावापानी अनुसारको खेती गर्नुका साथै माटो परिक्षणको पनि उत्तिकै आवश्कता रहेको छ । आफुले उत्पादन गरेको कृषि खेतीको मुल्य घटेर आउँदा निराशाजनक हुन्छ यसका लागि बजार व्यबस्थापन गरिनु पर्छ त्यतातिर सम्वन्धित निकायको ध्यान जादैन कृषक रावलको गुनासो छ ।

कृषकहरूका अनुसार व्यक्ति अनुसार फलफूल, तरकारी र स्थानीय बालिको बिक्री वितरण र उत्पादनको छनोट गर्नु पर्ने कार्यक्रममा माग राखेका थिए । कृषकहरूले कृषि शाखा लागयतका सम्वन्धित निकायबाट सोचे जत्तिको विउ उपलव्ध नगराएको भन्ने गुनासो गरे पनि गाउँपालिका कृषि शाखाले वडा स्तरीय विउ वितरण गर्दै आएको खार्पुनाथ गाउँपालिका कृषि शाखा प्रमुख डिल्ली नेपालीले बताए । उनले हाइब्रेड बीउ १ सय ५० जना कृषकलाई वितरण गरेको जानकारी दिए । उक्त शाखाले पाँच वडाका लागि १० लाख रुपियाँ कृषि क्षेत्रमा विनियोजना गरेको छ ।

त्यस्तै कार्यक्रममा बोल्दै खार्पुनाथ गाउँपालिका–१ लालीका वडा अध्यक्ष जयबहादुर शाहीले पहिले कम र अहिले बढि उत्पादन भएका कारण विक्रिमा समस्या हुने गरेको बताए । यसका लागि यातायातको पहुँच र दररेट कायम गरे मात्रै उपलव्धि हुने वडाअध्यक्ष शाहीको भनाई छ । उनले कृषकलाई अनुदानका कार्यक्रम दिँदा ४० प्रतिसत गाउँपालिका र ६० प्रतिसत अन्य संघसंस्थाले सहयोग गर्दै आएका छन् ।

तर पनि कृषकले बाहिरका संघसंस्थाले सहयोग गरेको तर गाउँपालिकाले सहयोग नगरेको कृषकले आरोप लगाएको शाहीले भने । अन्य संस्थाहरू एउटा मात्रै काम तिर खटिएका हुन्छन् तर गाउँपालिकाले सम्पूर्ण काम गर्ने भएकोले सहयोग गरेको नदेखिएको खार्पुनाथ गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाहीले बताए ।

उनले सामान्य रुपमा काम गरेर हुँदैन कृषि क्षेत्रमा करान्ति गर्नै पर्ने हुन्छ भनेका छन् । कृषकहरु उपभोक्तामुखी भएकाले उपलव्धिमूलक कार्यक्रमको खोजिमा रहेको पाइएको छ । कार्यक्रममा बोल्दै अधिकृत शाहीले आगामी दिनमा गाउँपालिकाले संकलन केन्द्र बनाउने छ । जुन केन्द्रले पाँच वडाको स्थानीय बालि तरकारी, फलफूलहुरु खरिद गरि जिल्ला बाहिर पठाउने लक्ष राखेको छ । दुई वर्ष सम्म यस गाउँपालिकाले उत्पादन गरेको कृषि उत्पादन कुहिएर खेर जान नदिनका लागि यातायातको व्यवस्था हुनु पर्ने छ ।

तरकारी खेति उत्पादनले पछिल्लो समय कृषकको गाँस, बास र कपासको व्यवस्थाले सकारात्मक रहेको सोही गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंहले बताए । उनले व्यक्ति पिच्छे फरक फरक खेति गरे रोजगारीको मुख्य स्रोत हुने बताए । जसका कारण कृषकहरु आत्म निर्भर हुने बताइएको छ । ग्रेप परियोजनाद्धारा सञ्चालन भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय कृषक, सञ्चारकर्मी लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]