हुम्ला । पछिल्ला केही वर्ष यता हुम्ला जिल्लाका विभिन्न गाउँबस्तीहरूमा पनि तिजको रौनक बढ्न थालेको छ । केही समय अघि सदरमुकाम सिमकोटमा समेत तिजलाई सामान्य रुपमा मनाउँने गरिएको भए पनि पछिल्ला केही वर्षदेखि सदरमुकाम सिमकोट मात्रै नभई गाउँबस्तीमा समेत निकै रौनक बढ्न थालेको विभिन्न ठाउँबाट हाम्रा स्थानीय सम्वाददाताहरूले जानकारी दिएका छन् ।
स्थानीय सम्वाददाताहरूका अनुसार बर्षको एक दिन मात्र पर्ने नेपाली नारीहरूको महान चाडका रुपमा लिइने हरितालिका तिजको बारेमा गाउँका महिलाले थाह पाएपछि उत्सवको रुपमा मनाउन थालिएको छ । केही वर्ष अगाडी तिज के हो ? भन्ने जानकारी समेत नपाएको भएपनि पछिल्ला ३÷४ वर्ष यता तिजका बारेमा जानकारी पाएपछि गाउँका महिलाले पनि मनाउन थालेको खार्पुनाथ गाउँपालिका–३ राया गाँउकी तारादेबि रावलले बताइन् ।
उनले केही वर्ष अघिसम्म भदौ महिनालाई खेतबारीमा भएको व्यकामिलो पात जरालाई काट्ने र उखेल्ने गरिएको भए पनि अवदेखि यो समय तिज मनाउने उत्सुक्ता आफूलाई मात्र नभई सबै नारीहरूलाई महसुस हुने गरेको जानकारी दिइन । पहिले अविवाहीत महिलाहरूलाई पनि तिज के हो भन्ने कुरा जानकारी नभएकोले आफुहरूले पाउने तिजको विधाको समयलाई मतलवि नगरि मेलापात मात्र गर्ने जमनालाई हटाउँदै अहिले गाउँमै तिज विशेष कार्यक्रम सञ्चालन थालिएको रावलको भनाई छ ।
यो नियमितता गर्नुमा पहिलेत गाउँमा पनि शिक्षाको पहुँच पुग्नु हो । भने सबै सुविधा गाउँमा आई समाजले पनि राम्रो मान्दै आएपछि आफुलाई पनि तिजप्रति गर्व लाग्न थालेको रावलले बताइन् । बर्षको हरेक भदौ तृतिया तिथिका दिन पर्ने हरितालिका तिज यस वर्ष भदौ २१ गते परेको छ । तिज नजिकिए सँगै बजार क्षेत्रदेखि गाँउसम्म महिलाहरूले आवाश्यक सामाग्रि किनमेल गर्ने कार्य सुरू भई सकेको छ । त्यस्तै एक आपसमा नाच गानको पनि उत्तिकै चहल पहल बढेको दिखिन्छ ।