हुम्ला । सर्केगाड गाउँपालिका-८ फुचाका ३७ वर्षिय हरि ऐडिलाई साेही गाउँपालिका अध्यक्ष ठानबहादुर राेकायाले भदौ १६ गते कुटपिट गरेकाे पिडीत पक्षले आराेप लगाएकाे छ ।
भदौ १६ गते गाउँपालिका अध्यक्षकाे बस्ने क्वाटरमा गएर एम्बुलेन्स सहयाेगकाे अनुराेध गर्ने क्रममा आफुलाई निर्घात रुपमा हातपात गरी कुटपिट गरेकाे पीडत ऐडीकाे भनाइ छ ।
उनका अनुसार केही समय अगाडि सर्केगाड गाउपालिका नजिकै आफ्नो गाडि दुर्घटनामा परि आफ्ना आफन्तहरू घाइते भएर जिल्ला बाहिर पठाएको र उनिहरुलाई घर ल्याउनका लागि बाजुरा जिल्लाकाे काेल्टिमा जानू पर्ने भएपछि गाउँपालिकालाई एम्बुलेन्सकाे सहयाेग मागेकाे हाे ।
तर अध्यक्षले एम्बुलेन्स दिनुकाे सट्टा उल्टै आफुलाई माेवाइलले छाेडेर हान्दा आफ्नो आँखामा चाेट लागेकाे ऐडिकाे आराेप छ ।
गाउँपालिकाकाे कार्यक्रम अनुगमन गर्न एम्बुलेन्स प्रयाेग गर्न हुने तर विरामी बाेक्न नहुने ? उनले भने, विरामी बाेक्नका लागि एम्बुलेन्स ल्याएकाे हाे जनप्रतिनिधि र कर्मचारी बाेकेर अनुगमन गर्न ल्याएकाे एम्बुलेन्स हैन ।
सर्केगाड गाउँपालिका अध्यक्ष राेकायाका अनुसार ऐडिले मदिरा सेवन गरी आएकाे आराेप लगाउँदै आफुलाई अपशब्द बाेल्ने क्रममा आफ्ना साथिहरूले बाहिर पठाएको हाे । तर कुटपिट गरेकाे हैन भन्दै कर्णाली सेरोफेरोलाई बताए ।
उक्त विषायमा इलाका प्रहरी चाैकी सर्केगाडका सई एकबहादुर खटकालाई बुझ्दा उनले पीडित पक्षले भदौ १६ गते माैखिक उजुरी गरेकाे छ । तर लिखित रुपमा उजुरी आए छानवीन हुने बताए ।