हिल्सामा स्वास्थ्य संस्था नभएपछि सेवाग्राहीलाई सास्ती ः उपचारको व्यवस्था गर्न स्थानीयको माग

नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा स्वास्थ्य संस्था नभएपछि सेवाग्राहीले सास्ती खेपेका छन् ।
Logo
नन्द सिंह सोमबार, साउन २८, २०८१

हुम्ला । नाम्खा गाउँपालिका–५ स्थित हिल्सामा स्वास्थ्य संस्था नभएपछि सेवाग्राहीले सास्ती खेपेका छन् । हिल्सामा स्वास्थ्य संस्था नभपछि विरामीलाई उपचार गर्न समस्या भएको भन्दै हिल्साका स्थानीय नागरिकले पटक पटक उपचारको व्यवस्था गर्न माग गरेका छन् । हिल्साबासीका लागि स्वास्थ्य संस्था नभएपछि स्थानीय सेवाग्राहीले उपचारबाट बञ्चित हुनु परेको हो ।

हिल्साका स्थानीय बिरामी भएपछि ३० किलो मिटर टाढा स्थित चीनको ताक्लाकोट जानुपर्ने भएपछि गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग स्वास्थ्य संस्था स्थापना गरेर नियमित उपचारको व्यवस्था गर्न माग गरिएको छ । हिल्साका व्यवसायी मुकामबहादुर तामाङले बिरामीका लागि उपचार गर्ने निकाय हिल्सामा नभएका कारण स्वास्थ्य संस्था स्थापना गर्न आवश्यक रहेको बताउनुभयो ।

हिल्सामा कोही बिरामी भए चीनको ताक्लाकोटमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । गाउँपालिका र स्वास्थ्य सेवा कार्यालयसँग सामान्य उपचारको व्यवस्था गर्न समेत उहाँले आग्रह गर्नुभयो । ताक्लाकोट लगिने बिरामीहरू सीमा पास प्राप्तले मात्र जान पाउँछन् भने सिमापास नभएका बिरामीहरूलाई भने दुई दिन लगाएर जिल्ला अस्पताल लगिने गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरीले प्राथमिक उपचार गर्नु पर्ने बिरामी भए प्रहरीचौकीले औषधी उपलब्ध गराउने जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी बाहेक हाल हिल्सामा ६० घरधुरीका ५ सय ५० स्थानीय बस्दै आएका छन् । कोरोनापछि चीनले हिल्सा नाका दुईतर्फी सञ्चालन गर्दा नाम्खा गाउँपालिकाले अस्थायी स्वास्थ्य चौकी र कोरोना परीक्षण डेस्क स्थापना गरिएको भए पनि हाल बन्द भई सकेको छ ।

हिल्साका स्थानीयको उपचारका लागि मध्यनजर गर्दै कर्णाली प्रदेश सरकारको ५० लाख रुपियाँ आर्थिक सहयोगमा स्वास्थ्य चौकी स्थापना गरिएको भए पनि हाल सो भवन बन्द रहेको छ । सो विषयमा नाम्खा गाउँपालिका स्वास्थ्य शाखा संयोजक ग्याछो लामासंग बुझ्दा उहाँले हिल्सामा पहिलेदेखि नै स्वास्थ्य संस्थाका लागि भवन निर्माण गरेको भए पनि त्यो भवन हस्पिटल, स्वास्थ्यचौकी र स्वास्थ्य इकाई के हो ? भन्ने जानकारी नै नभएको बताउनुभयो ।

स्वास्थ्य संस्था नभए पनि गाउँपालिका स्वास्थ्य शाखाले समय मिलाएर गाउँघर किल्निक मार्फत उपचार गर्ने गरेको संयोजक लामाको भनाई छ । उहाँले स्वास्थ्य सेवा कार्यालय हुम्लासंग समन्वय गरेर प्रदेश सरकारसंग दरबन्दी माग गरेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]