हुम्ला । सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफयाका विद्यार्थीलाई स्टेसनरीका सामग्रि सहयोग गरिएको छ । विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उदेशश्यका साथ लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएको आधार विकास नेपाल हुम्लालले स्टेसनरीका सामग्रि सहयोग गरेको हो ।
सिमकोट गाउँपालिका–७ स्थित कैलाश माध्यमिक विद्यालय डाँडाफयामा अध्ययनरत विद्यार्थीलाई स्टेसनरी सहयोग प्राप्त भएको प्रधानाध्यापक मेजबहादुर बुढाले बताए । विद्यालयमा उपलव्ध गराएको प्राप्त स्टेसनरीका सामग्रि सोही विद्यालष्का विद्यार्थीलाई वितरण गरिएको प्रअ बुढाको भनाई छ ।
उनले भने यो सहयोग आधार विकास नेपाल हुम्लाले गरेको हो । बालविकासदेखि कक्षा पाँचसम्मका विद्यार्थीलाई प्रति विद्यार्थी दुई दुई थान कापी, डटपेन, शिशा कलम, इरेजर र कटर प्रदान गरिएको छ भने कक्षा ६ देखि दशसम्मका विद्यार्थीलाई प्रति विद्यार्थी दुई–दुई थान कापी र डड्पेन प्रदान गरिएको छ ।
उक्त विद्यालयमा अध्ययनरत २ सय ३६ जना विद्यार्थीलाई स्टेसनरी प्रदान गरिएको हो । विद्यार्थीलाई बाँडेर केही थान स्टेसनरी बचेको र त्यो स्टेसनरी हरेक शुक्रबार सञ्चालन गरिने अतिरिक्त क्रियाकलाप सञ्चालन गर्दा पुरस्कारका रुपमा वितरण गरिने भएको । आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने उद्देश्यले कार्यक्रम लागू नभएको विद्यालय भए पनि विद्यार्थीलाई स्टेसनरी सहयोग गरिएको बताए ।
कैलाश माविमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरूले दाउरा बोकेर बिक्री गरी आफ्नो पढाई खर्च व्यवस्था गर्ने भएकाले पनि उक्त सामग्रि सहयोग गरिएको बुझिन आएको छ ।