बाढी पहिरोमा परी ५० भेडा मरे

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा आएको बाढी पहिरोमा परी ५० वटा भेडा मरेका छन् ।
Logo
ऐटन रावल शनिबार, साउन २६, २०८१

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको वनमा आएको बाढी पहिरोमा परी ५० वटा भेडा मरेका छन् । साउन २३ गते दिउँसोदेखि हुम्लामा आएको अविरल वर्षाले राया गाउँका दुई जना स्थानीयका भेडा बाडी पहिरोमा परी मरेका छन् । बर्षायाम सुरु भएसँगै लेख तिरका उच्च भेडिगोठमा पाल्नका लागि राया गाउँको भित्त डुङ्सिल्या (कुड्या) भन्ने लेख लिएका भेडा मरेको बताइएको छ ।

उक्त वनमा चरिचरनका लागि लिएको दिउँसोको समयमा एकासि सुख्खा खोलाबाट अविरल वर्षा भए सँगै बाढि पहिरो आउँदा राया गाउँका धुन बोहराका २५ र अर्का स्थानीय सुरेन्द्र बोहराको २५ गरी पचासवटा भेडा मरेको पिडित सुरेन्द्र बोहराले बताए । २५ वटा भेडा मरेसँगै चिन्ति बनाएको पिडित बोहराले गुनासो गर्नु पोखे । बोहराले भने, “आफु लामो समदेखि भेडा व्यवसाय गर्दै आएको थिएँ ।

यहीँ व्यवसायबाट घरखर्चका साथै छोराछोरी पढाउदै आएको भएपनि एक्कासी आएको पहिरोमा परी भेडा मर्दा चिन्तित बनाएको दुखेसो गरे । अविरल वर्षाले गर्दा आएको बाढी पहिरोमा परि मरेर नोक्सानी भएसँगै छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता भएको बोहराले गुनासो गरे । भेडाबाटै छोराछोरीको पठनपाठनका साथै घर खर्च समेत चल्दै आएको थियो ।”

भेडा बाढी पहिरोमा परी मरेसँगै आफ्नो गरी खाने रोजिरोटी समेत गुमेको बताए । गाउकाँ मानिस गएर मरेका भेडाको खोज तलास र उद्धार गरेको बताइएको छ । हुम्लामा स्थानीय जातका भेडाको मूल्य ३० हजारमा विक्री हुँदै आएको उनले बताए । २५ वटा भेडा बाढी पहिरोमा परी मरेपछि ७ लाख ५० हजार बराबरको क्षति भएको उनले बताए ।

यस्तै अर्का धुन बोहराको पनि सोही अनुसार ७ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ । दुई स्थानीयका पचासवटा भेडा मर्दा १५ लाख बराबरको क्षति भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]