जोखिम मोल्दै हुम्ला आइ पुगे मालबाहक ट्रक

नेपालगञ्जदेखि एक महिना अघि हिडेका मालबाहक ट्रक जोखिम मोल्दै हुम्ला आइ पुगेका छन् ।
Logo
ऐटन रावल बिहिबार, साउन १७, २०८१

हुम्ला । नेपालगञ्जदेखि एक महिना अघि हिडेका मालबाहक ट्रक जोखिम मोल्दै हुम्ला आइ पुगेका छन् । नेपालगञ्जबाट हुम्ला आउन करीव ३२ दिन लगाएका हुन् । निरन्तर वर्षा भएर अवरुद्ध भएको कर्णाली कोरिडोरको हुम्ला सडक खण्ड सञ्चालनमा आएसंगै मालबाहक ट्रकहरु जोखिम मोल्दै हुम्ला आइ पुगेको बताइएको छ ।

अवरुद्ध भएको कोरिडोरको हुम्ला खण्डका विभिन्न स्थानमा सवारी चालक आफैले मर्मत गर्दै खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानमा पुगेका छन् । बाजुराको पिलुचौरदेखि यता अवरुद्ध भएका सडक सवारी चालक आफैले मर्मत गर्दै हुम्लामा पुगेका छन् । नेपालगञ्जदेखि ३२ दिन लगाएर मालबाहक ट्रक खार्पु दोभानमा पुर्याएको सवारीचालक खुसिराम थारुले जानकारी दिए ।

अविरल वर्षाले विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा सवारी चालक र सहचालक मिलेर मर्मत गर्दै आइपुगेको खार्पु आइपुगेको थारुको भनाई छ । सलीसल्लासम्म अवरुद्ध भएका विभिन्न सडक खण्डमा आफुहरु सबै मिलेर ढुंगामुढा, माटो पन्छाउदै आएको बताइएको छ । अवरुद्ध भएका कर्णाली कोरिडोर सडक सम्बन्धित निकाय सडक विभाग र यहाँका स्थानीय तहले कसैले चासो नदिएको थारुले गुनासो गरेका छन् ।

त्यस्तै सलीसल्लादेखि खार्पुनाथ गाउँपालिकाको खार्पुदोभानसम्म पुग्न ११ दिन लागेको छ । सलीसल्लादेखि खार्पु पुग्न विभिन्न ठाउँमा सकड अवरुद्ध भएको र त्यो मर्मत गर्दै आउँदा ११ दिन लागेको हो । त्यसै गरी अर्का सवारी चालक टोपेन्द्र महतका अनुसार, अवरुद्ध भएको सडक २२ वटा सवारीका सवारी चालक र २२ जना खलासी मिलेर अवरुद्ध सडक मर्मत गर्दै पुगिएको छ ।

ठाउँ ठाउँमा अवरुद्ध भएको सडक खुलाउदै खार्पुदोभानमा पुगेको सवारी चालक महतले बताए । जिल्लाको लेप्चे नजिक अवरुद्ध भएको एक ठाउँको सडक मात्रै नेपाली सेनाले खुलाइ दिएको अन्य सबै ठाउँमा अवरुद्ध भएका सडक आफुहरु मिलेर खुलाउँदै आएको उनले बताए ।सम्बन्धित निकायले कुनै चासो नदिदा विभिन्न ठाउँमा अवरुद्ध भएको सडक खुलाउन चालकहरुले सडक मर्मत गर्दै आएका छन् ।

प्रति व्यक्ति २ सय रुपियाँ सडम मर्मत गर्ने चालकलाई तिर्दै आएको उनले बताए । ययात्राका क्रममा झण्डै २ सय लिटरभन्दा बढी तेल खर्च भएको छ । पानी नपरे सडकमा सहजै यातायातका साधन सञ्चालन हने भएका छन् । तर पानी परे पुन अवरुद्ध हुने अवस्था देखिएको सवारी चालक महतले जानकारी दिए ।

नेपालगञ्जदेखि खार्पु पुगेका २२ वटा मालबाहक ट्रकले विभिन्न दैनिक उपभोग्य वस्तुदेखि विकास निर्माणका सामान ढुवानी गरेर ल्याएका छन् । चामल, तेल, मैदा, चाउचाउ, विस्कुट, लगायत खाद्य र दैनिक उपभोग्य वस्तु नेपालगञ्जदेखि ढुवानी गरेर ल्याएको सवारी चालकले बताएका हुन् । विकास निर्माणका सिमेन्ट, जस्तापाता, सरीया, ग्यास लगायत सामग्री पनि ढुवानी गरेर २२ वटा मालबाहक ट्रक साउन १६ गते खार्पु पुगेका छन् ।

झण्डै एक महिनासम्म पैदलभएर सवारी साधन सञ्चालन नहुँदा सिमकोटमा ग्यास, मैदा, तेल लगायतका सामग्रीको मूल्यमा वृद्धि भएको छ । २ हजार ९ सयमा भर्ने ग्यास अहिले ३हजार ५ सयमा भर्नुपर्ने अवस्था रहेको छ । अव बाटो खुलेर मालबाहक ट्रक पुगेसँगै सामग्रीको मूल्य पनि सस्तिने भएको छ ।

राष्ट्रिय सडक सञ्जालसँग खार्पुनाथ गाउँपालिकाको खार्पुदोभान जोडिएको छ । त्यहाँसम्म नेपालगञ्ज र सुर्खेतदेखी विभिन्न मालबाहक ट्रक र यात्रु बोकेका गाडी सञ्चालन हुँदै आएका छन् । खार्पुदोभानमा बेलि ब्रिज पुल निर्माण नहुँदा त्यहाँदेखि झोलुङ्गे पुलमा मानिसले बोकेर कर्णाली तार्ने गर्दछन् ।

सोही स्थानमा पुल नबन्दा अझै सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिन सकेको छैन् । अवरुद्ध भएका विभिन्न स्थानका सडक खुलाउन सरोकारवाला निकाय, सडक विभाग र हिल्सा सिमकोट आयोजना कार्यालयले बेवास्ता गरेको देखिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]