वी.पी. स्मृति दिवसका अवसरमा छात्रालाई स्टेशनरी सामग्री सहयोग

Logo
Karnali Serophero आइतबार, साउन ०६, २०८१

हुम्ला । सदरमुकाम सिमकोट स्थित महिला छात्रावासमा बस्दै आएकी छात्राहरुलाई स्टेशनरीका सामग्री सहयोग गरिएको छ । साउन ६ गते बिपी स्मृति दिवसको अवसरमा सदरमुकाम सिमकोटको तल्लो बजार स्थित महिला फिडर छात्राबासमा बस्दै आएकी २० जना छात्राहरुलाई स्टशनरीका सामग्री सहयोग गरिएको हो ।

४२ औं वी.पी. स्मृति दिवस मनाउने क्रममा सो स्टेसनरी सामग्री वितरण गरिएको हो । मानसरोवर नमुना माध्यामिक विद्यालयमा अध्ययनरत र फिडर छात्रावासमा बस्दै आएका छात्राहरुलाई स्टेसनरी सामग्री वितरण गरेर ४२ औं बिपी स्मृति दिवस मनाउने कार्य भएको बिपी चिन्तन प्रतिष्ठानका अध्यक्ष मधु बस्तेन शाहीले बताइन् ।

प्रतिष्ठानले विद्यार्थीको पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्टेशनरी वितरण गरिएको उनले जानकारी दिइन् । प्रतिष्ठानको टोलीले स्टेसनरी बोकेर छात्रावासमै पुगेर वितरण गरेको हो । अरु कार्यक्रम गर्नुभन्दा हालसम्म अन्य सुविधा नपाएका विद्यार्थीहरु मध्य महिला फिडर छात्रावासको छात्राहरु रहेको र यस पटक बिपी स्मृति दिवसमा ती छात्रालाई स्टेशनरी सहयोग गरिएको बताइएको छ ।

सम्पुर्ण छात्रालाई आधा दर्जन कापी र दुई वटा कलम सहयोग गरिएको हो । स्टेशनरीका सामग्री कांग्रेस जिल्ला कार्यसमितिका उपसभापति कैलाश भण्डारी, विपी चिन्तन प्रतिष्ठानका अध्यक्ष मधु बस्नेत शही लगायतले वितरण गरेका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]