हुम्ला । कस्तुरीको विनासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार दिउँसो ५ बजेतिर नाम्खा गाउँपालिका-२ का ४२ वर्षिय कन्जोक तामाङलाई कस्तुरीको विनासहित पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाले विहिबार पत्रकार सम्मेलन गर्दै सिमकोट गाउँपालिका-६ स्थित तामाङको घरबाट ३४९ ग्राम कस्तुरीको विनासहित उनलाई पक्राउ गरिएको हो।
उनी दिल्लीहुँदै साउन -१ गते बेलुकी सिमकोट पुगेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले बताए । बरामद गरिएको कस्तुरीको विनाको मुल्य ११ लाख रुपैयाँ जति पर्न आउने प्रहरी नायब उपरीक्षक खनालकाे भनाइ छ ।
बरामद गरिएको कस्तुरीको विना र तामाङलाई डिभिजन वन कार्यालय हुम्लालाई बुझाइने जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब प्रहरी उपरीक्षक खनालले बताए ।