हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखामा लागेको ताला एक महिना २० दिनपछि खुलेको छ । केन्द्रमा नेपाल पत्रकार महासंघ र प्रेस युनियनबिच सदस्यता बिबाद टुङ्गो लगाउने सहमति भएपछि गत जेठ १४ गते लगाएको ताला साउन २ गते खुलेको हो ।
झण्डै दुई महिना अघि लागेको ताला आज पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावत र सचिव नन्द सिंहको रोहवरमा महासंघ हुम्ला शाखाको कार्यालयको तालो खोलिएको प्रेस युनियन हुम्लाकी उपाध्यक्ष छपाल लामाले बताईन ।
उनले पत्रकार महासंघ जिल्ला शाखा हुम्ला शाखाले सिफारिस गरेका सदस्यहरुलाई हटाएको र प्रदेशले आफ्नो किसिमले थपेको कारण प्रेश युनियनले शाखाको कार्यालयमा ताला लगाएको बताईन ।
उनले केन्द्रमा महासंघ र प्रेस युनियनबिच हटाईएका सदस्यको नाम थप्ने, जिल्ला सिफारिस गरेका सदस्यहरुलाई कायम गर्ने सहमति भएपछि जिल्लामा लगाईएको ताला खोलिएको बताईन । महासंघले
अब केही दिनमा केन्द्रीय निर्वाचन समितिले निर्वाचन तालिका र सदस्यहरुको नामावली सार्वजनिक गर्ने भएको छ । महासंघ हुम्ला शाखाले ३२ जना पुराना सदस्यहरुको नविकरण गर्ने र ११ जना नयाँ सदस्यहरुलाई सदस्यता दिने सिफारिस गरेको थियो ।
त्यसको महासंघ कर्णाली प्रदेशले आफु खुसी तीन जना सदस्यहरु महासंघ जिल्ला शाखालाई जानकारी विनै थपेको थियो ।