वर्षासंगै आएको बाढीले वालिनालीमा क्षेती

देशमा पछिल्लो समय मनसुन सक्रिया भएसंगै हुम्लामा पनि भारी वर्षा हुन सुरू गरेको छ ।
Logo
Karnali Serophero शुक्रबार, आषाढ २१, २०८१

हुम्ला । देशमा पछिल्लो समय मनसुन सक्रिया भएसंगै हुम्लामा पनि भारी वर्षा हुन सुरू गरेको छ । एक सातादेखि यता नियमित रुपमा परेको अविरल वर्षाले जिल्लाका अधिकांस ठाउँमा क्षेती हुने गरेको छ । ०८१ असार २० गते दिउसोदेखि राभरी परेको अविरल वर्षाले सिमकोट गाउँपालिका–७ मा रहेका तीनवटा वस्तिमा क्षति पुर्याएको छ ।

उक्त क्षेत्रमा आएको वर्षाले वडा नम्बर ७ डाँडाफया स्थित साविकको वडा नम्बर ५ को टुलिङ र दलित वस्ति चुकेडि गाउँमा ठूलो क्षति गरेको छ । सो ठाउँका तीनवटा वस्ति जोखिममा रहेको स्थानीय नन्द शाहीले जानकारी दिए । स्थानीय शाहीका अनुसार असार २० गते आएको वर्षाले बाढी आउँदा यस टुलिङ गाउँको धान रोप्ने खेत र माथिल्लो क्षेत्रमा सिमी, कोदो, आलु, मकै लगायत अन्नबालीमा क्षेती बनाएको छ ।

टुलिङ गाउँका दुई ओटा आधुनिक घट्ट र चुकेडी गाउँका दुईवटा पानी घट्ट समेत बगाएर लिएको स्थानीय शाहले जानकारी दिए । बाढीले ती घट्ट काम नलाग्ने गरी बगाएका छन् । स्थानीयले पिस्नका लागि राखेको झण्डै दुई क्विइन्टल अनाज समेत बगाएर लिएको सञ्चारकर्मी मन्दिर सिंहले बताए । अविरल वर्षाले बाढी आउँदा चुकेडी र टुलिङ गाउँ बस्ती जोखिममा रहेको पाइएको छ । टुलिङ र दलित वस्ति चुकेडी गाउँमा झण्डै ३८ भन्दा बढी घरपरिवार बसोवास गर्दै आएका छन् ।

त्यस्तै सोही वडाको ओखरेनमा आएको बाढीले खानेपानीको पाइप बगाएर थाया लगायतका गाउँमा खानेपानीको समस्या बनाएको सिंहको भनाई छ । करीव ५० घरदुरी रहेका उनिहरुले प्रयोग गर्दै आएको खानेपानीको पाइप बगाएपछि टाढा गएर खानेपानीको जोहो गर्नु पर्ने बाध्यता रहेको छ ।

यस्तै वडा नम्बर ७ को जबुका गाउँमा समेत बालीनाली, खानेपानी पाइप, घट्ट लगायतमा क्षति गरेको अर्का स्थानीय विर बहादुर सिंहले बताए । वर्षाले क्षतविक्षत गर्दा खानेपानीको समेत समस्या बनाएको सिंहले जानकारी गराए । खेतमा छर्किएर पलाउँदै गरेका बाली आलु, सिमी, कोदो, फापर, गहुँ, भटमास, तोरी, लगायत तरकारी बाली गोपि, बन्दा, खुर्सानी लगायतका बालीमा क्षति गरेको छ ।

बाढी पहिरोले क्षेती बनाएको विषयमा स्थानीयले जिल्ला प्रहरी कार्यालयमा समेत जानकारी गराई सकेका छन् । प्रहरीलाई जानकारी भएसंगै असार २१ गते अवेर गरी धारापोरी प्रहरी चौकीको टोलि घटना स्थलतर्फ खटिएको बताइएको छ ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]