प्रथम औद्योगिक मेला सफलः १६ जना उद्यमी पुरस्कृत

प्रथम औद्योगिक मेला प्रदर्शनीबाट हुम्लाका १६ जना उद्यम, व्यवसाय र किसान पुरस्कृत भएका छन् ।
Logo
ऐटन रावल बुधबार, आषाढ १२, २०८१

हुम्ला । प्रथम औद्योगिक मेला प्रदर्शनीबाट हुम्लाका १६ जना उद्यम, व्यवसाय र किसान पुरस्कृत भएका छन् । असार ११ र १२ गते उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाद्धारा सञ्चालित उक्त मेलामा किसान, उद्यमी र व्यवसायी पुरस्कृत गरिएको हो । स्टलमा राखिएका सामग्रीलाई चार विधामा विभाजन गर्दै प्रतिस्पर्धाका आधारमा १६ जना प्रतिस्पर्धी पुरस्कृत भएका थिए ।

मेला प्रदर्शनीमा ३७ वटा स्टल राखिएकोे उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीले जानकारी दिए । सो स्टललाई चार वटा विधामा विभाजन गरिएको थियो । मेला प्रदर्शनीमा राखिएका स्थानीय उत्पादन मध्ये खाद्य तथा पेय पदार्थमा सोवर्ण सिमकोट खाद्य उद्योग प्रथम भएको छ भने बाघोर चिया तथा कृषि प्रशोधन उद्योग द्धितीया, कृषि उद्योग तृतीया र सञ्जय कृषि फर्म सान्त्वना भएका थिए ।

त्यसैगरी राडीपाखी उद्योगमा रिता लामा प्रथम, पशुपति रावत द्वितीय, भरुनी रोकाया तृतीय र जानकला भण्डारी सान्त्वना भएका थिए । सिलाइ बुनाइमा लामा स्याउ फर्मका प्रथम, सम्झना टेलर्स द्वितीय, महिला सिस्नु उद्योग तृतीय र युटोल्मा जनरल स्टोर सान्त्वता भएका थिए । त्यसै गरी अन्यतर्फ कालिाशिल्ता आरन उद्योग प्रथम, सु सेन्टर द्धितीया, रलिङ फर्निचर तृतीया र बुद्ध कृषि तथा पशुपालन फर्म सान्त्वना भएका हुन् ।

पुरस्कृत भएका चारै वटा विधालाई प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः ७ हजार ५ सय, ५ हजार ५ सय, २ हजार २ सय र ७ सय ५० रुपियाँ नगद प्रदान गरिएको थियो । प्रदर्शनीमा सहभागिता जनाउने सबै व्यवसायीलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । हुम्ला जिल्लामा परम्परागतदेखि आधुनिक रुपमा तयार पारिएको सामग्रीका साथै रैथाने बालीका परिकार, फर्निचर प्रदर्शनीमा राखिएका थिए ।

मेलामा ३५ हजारको रैथाने बाली चिनो, फापर र कोदोका परिकार बिक्री भएका थियो । छोटो समयमा उत्साहजनक रुपमा प्रदर्शनीमा सहभागिता रहेको बताउदै प्रमुख रेग्मीले प्रथम औद्योगिक प्रदर्शनी मेला सफल रुपमा सम्पन्न भएको बताए ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]