जिल्लाका पाँचवटा गाउँपालिकाले सम्पन्न गरे गाउँसभा

हुम्लाका पाँचओटा गाउँपालिकाले गाउँसभा सम्पन्न गरेका छन् ।
Logo
Karnali Serophero मंगलबार, आषाढ ११, २०८१

हुम्ला । हुम्लाका पाँचओटा गाउँपालिकाले गाउँसभा सम्पन्न गरेका छन् । जिल्लाका सातवटा गाउँपालिका मध्ये सिमकोट, खार्पुनाथ, नाम्खा, सर्केगाड र ताँजाकोट गाउँपालिकाले असार १० गते गगाउँसभा सञ्चालन गरेका हुन् । पाँचवटा पालिकाले २ अर्ब ४० करोड ७५ लाख ५ हजार ३ सय रुपैयाँको बजेट ल्याएका हुन्।

सिमकोटले ल्यायो ४९ करोडको बजेट 


हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ ।गाउँपालिकाको नवौं गाउँसभाले सोमबार ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । गाउँपालिकाले सोमबार ल्याएको बजेट तथा कार्यक्रममा ती क्षेत्रलाई प्राथमिकतामा राखेकोे हो । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो । बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन, सूचना प्रविधिजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताउनुभयो । गाउँसभामा गाउँपालिका अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । गाउँपालिकाको नवौंँ गाउँसभामा उपाध्यक्ष सुशिला रोकाया(भाम)ले, आर्थिक वर्ष ०८१÷८२ का लागि ४९ करोड २८ लाख ४५ हजारको बजेट प्रस्तुत गर्नु भएको थियो । यसलाई आयतर्फ आन्तरिकमा एक करोड ७९ लाख ५० हजार, राजस्व बाँडफाँडबाट ९ करोड ३२ लाख ४९ हजार ३ सय ४५, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट बित्तीय हस्तान्तरण ५ करोड ९१ लख २४ हजार छ । अनुमानित बजेटलाई चालुतर्फ ३२ करोड ४८ लाख २० हजार बिनियोजित गरेर ६५ दशमलव ९० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख २५ हजार विनियोजित गरेर ३४ दशमलव १० प्रतिशत बजेट बिनियोजित गरिएको छ । बजेटलाई क्षेत्रगत कार्यक्रम तयार पारिएको छ । जसलाई आर्थिक विकासमा २४ करोड ५७ लाख ५४ हजार विनियोजित गरेर ४९ दशमलव ८६ प्रतिशत सामाजिक विकासतर्फ ८ करोड ११ लाख विनियोजित गर्दै १६ दशमलव ६१ प्रतिशत, पुर्बाधार बिकासमा १४ करोड २ लाख २७ हजार विनियोजित गर्दै २८ दशमलव ४५ प्रतिशत, बन बाताबरण र विपद ब्यवस्थापनमा १ करोड ७६ लाख १३ हजार विनियोजित गर्दै तीन दशमलव ५७ प्रतिशत र सुशासन तथा संगठन बिकासमा ७३ लाख ५१ हजार विनियोजित गरेर एक दशमलव ४९ प्रतिशत बजेट रहेको छ । सबै क्षेत्र गरी ६९ योजना छनौट गरिएका छन् । बजेट तथा कार्यक्रमलाई सभाले सर्वसम्मत पारित गरेको छ ।
खार्पुनाथले ल्यायो ३७ करोड बजेट


खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ३७ करोडभन्दा बढीको बजेट ल्याएको छ । सोमबार सञ्चालन भएको १५ औँ गाउँ सभामा उपाध्यक्ष ज्ञानबहादुर सिंहले बजेट ल्याएका हुन् । आर्थिक वर्ष ०८१÷०८२ का लागि ३७ करोड ९२ लाख ७६ हजारको बजेट आएको गाउँपालिका अध्यक्ष कर्णबहादुर रालवले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा चालुतर्फ २५ करोड २३ लाख ४० हजार र पुँजीगतमा १२ करोड ६९ लाख ३६ हजार बजेट बिनियोजित गरिएको छ । यसको श्रोतमा संघ, प्रदेश र केही अंश आन्तरिक स्रोतलाई मानिएकोे छ । जसमा संघीय सरकारबाट १८ करोड ८० लाख ३६ हजार बजेट ससर्त अनुदान आएको छ भने संघीय सरकारबाट सम्मानीकरण अनुदान सात करोड १२ लाख बजेट आएको छ । त्यसैगरी राजस्व वाँडफाँडबाट ७ करोड १६ लाख आएको छ । यता, कर्णली प्रदेश सरकारबाट सर्सत अनुदान तीन करोड १५ लाख ३५ हजार आएको छ भने सम्मानीकरण अनुदान ६४ लाख ५ हजार अनुदान आएको छ ।
त्यसैगरी, प्रदेश सरकारबाट राजस्व बाँडफाँडबाट ८२ लाख बजेट आएको छ भने आन्तरिक राजस्वबाट २० लाख ब्यहोरिने बजेट बक्तव्यमा उल्लेख गरिएको छ । सभाबाट सर्वसम्मत नीति, बजेट तथा कार्यक्रम पारित गरिएको छ । .
सर्केगाडले ल्यायो ४७ करोड बजेट


हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिकाले आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका सभाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको हो । आर्थिक वर्षका लागि ४७ करोड ६७ लाख २२ हजार रुपैयाँको अनुमानित आय व्यय पारित भएको हो । गाउँपालिकाले आर्थिक बर्ष २०८१र०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।
सोमबार सर्केगाड गाउँपालिकाको १४ औं गाउँसभाको आयोजना गरिएको नीतिमा १३ वटा क्षेत्रलाई प्राथमिकता दिएर नीति प्रस्तुत गरिएको छ । गाउँपालिका उपाध्यक्ष रोकायले चन्द्र सिंह कार्कीले सभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पहिलो प्राथमिकता गुणस्तरीय शिक्षा तथा रोजगारी, स्वास्थ्य तथा मानव सामथ्र्य विकास, यातायातको दिगो व्यवस्थापन, अर्गानिक कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि र बजारीकरणलाई जोड दिएको बताउनुभभयो । त्यसै गरि पूर्वाधार निर्माण तथा दिगो विकास, जलवायु परिवर्तन न्यूनीकरण, उद्यम, स्वरोजगारी र सहकारीताको विकास, मानव संसोधन तथा संस्थागत सुशासन रहेका छन् ।
ताँजकोटले ल्यायो ३८ करोड ७२ लाख बजेट


हुम्लाको दक्षिण भेगमा रहेको ताँजाकोट गाउँपालिकाले सोमबार ३८ करोड ७२ लाख २४ हजारको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र बहादुर थापाले ल्याएको बजेटमा चालु तर्फ १६ करोड ६५ लाख २० हजार १ सय र पुजिगत तर्फ २२ करोड ७ लाख ३ हजार ९ सय गरी जम्मा ३८ करोड ७२ लाख २४ हजारको बजेट प्रस्तुत गरिएको हो । संघिय वित्तिय समानिकरण अनुदान ६ करोड १९ लाख, संघिय ससर्त अनुदा १४ करोड ९१ लाख ९१ हनार, संघिय विषेश अनुदान १ करोड ५० लाख र संघिय राजस्व बाँडफाड ५ करोड ६१ लाख गरी जम्मा २७ करोड ५१ लाख ९१ हजारको बजेट प्रस्तुत गर्नु भएको छ । यसैगरी प्रदेश समानिकरण अनुदान ६२ लाख ३० हजार, प्रदेश ससर्त अनुदान ६ करोड ५६ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान १ करोड ७८ लाख,प्रदेश विशेष अनुदान ५० लाख र प्रदेश राजस्व बाँडफाँड ५ लाख २५ हजार गरी ९ करोड ५० लाख ३३ हजार तथा आन्तरिक राजस्व २० लाखको अनुमान सहित बजेट प्रस्तुत गरिएको छ । बजेट प्रस्तुत भएपनि बजेटको बाँडफाँड भने बिषयगत शाँखा अनुसार गरिएको छ । सामाजिक विकासको शिक्षा तर्फ संघिय ससर्त अनुदान ८ करोड १२ लाख ३० हजार, गाउँपालिकाको अनुदान २ करोड रकम बिनियाजन गरिएको छ भने स्वास्थ्य तथा पोषणको लागिसंघिय ससर्त अनुदान १ करोड ७० लाख ९९ हजार, गाउँपालिकाको अनुदानबाट १ करोड ५० ललाख रकम विनियिोजन गरिएको छ । महिला बालबालिका तथा समाजकल्याण तर्फ घाइते अपांगता र द्धन्द पिडितहरुको लागि आयआर्जन सुधार तर्फ ३५ लाख तथा खानेपानी क्षेत्र तर्फ ८५ लाख, युवा खेलकुद तथ संस्कृति क्षेत्रमा २० लाख रकम विनियोजन गरेका छन् । उपाध्यक्ष थापाद्धारा प्रस्तुत बजेट वक्तब्यमा आर्थिक विकास क्षेत्रको कृषि तथा पशुपालन तर्फ संघिय सरकार ससर्त अनुदानबाट ३७ लाख ७६ हजार र गाउँपालिकाको अनुदानबाट ८१ लाख १९ हजार रकम विनियोजन गरेका छन् भने स्थानीय उद्योगका क्षेत्रमा संघिय ससर्त अनुदानबाट १३ र गाउँपालिकाको अनुदानबाट २० लाख रकम बिनियोजन गरिएको छ । भौतिक पुर्वाधार क्षेत्र तर्फ संघिय सरकार ससर्त अनुदानबाट करिब ३ करोड रकम विनियोजन गरीएको छ भने प्रदेश सरकारको ससर्त अनुदानबाट करिब ९ करोड रकम विनियोजन गरिएको छ । गाउँपालिकाको अनुदानबाट २ करोड रकम विनियोजन गरिएको छ । वन तथा वातावरण क्षेत्रमा ३० लाख, सुशासन, सार्वजनिक सेवा तथा क्षामता विकास क्षेत्रमा २० लाख, न्याय, कानुन तथा मानव अधिकार क्षेत्रमा १५ लाख, सुचना तथा सञ्चारको क्षेत्रमा २० लाख, शान्ति शुरक्षा व्यवस्थापनको क्षेत्रमा २ लाख, मर्मत संभार तथा विविध क्षेत्रमा ८० लाख रकम विनियोजन गरिएको छ । यस्तै गाउँपालिकाको पुराना विभिन्न दायित्वका क्षेत्रमा २ करोड, जनप्रतिनिधिहरुको सेवा सुविधा स्थायी क्रमचारीहरुको तलब भत्ता तथा अन्य भत्तामा २ करोड ४५ लाख, इन्धन खर्चमा ३० लाख, कार्यालय मसलन्द तथा व्यवस्थापन खर्चमा ७० लाख, अनुगमन मुल्यांकन भ्रमण खर्च र अतिथि सत्कारमा ३० लाख रकम विनियोजन गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका क्षेत्रमा उपाध्यक्षसँग युवा रोजगार कार्यक्रम नाम राखेर ८१ लाख र श्रमको सम्मान राष्टको अभियान रोजगार संवाद मञ्च तर्फ १३ लाख रकम विनियोजन गरिएको छ । प्रस्तुत वजेटको असार २६ गते देखी छलफल गरी पारीत गरीने गाउँपालिकाका अध्यक्ष लालकेश जैसीले बताउनुभयो ।

 

त्यसै गरी नाम्खा गाउँपालिकाले चालुतर्फ १९ करोड २४ लाख ८ हजार २ सयपुँजीगततर्फ १२ करोड १४ हजार गरी जम्मा ३१ करोड ३८ लाख २ सय रुपैयाँ बजेट ल्याएको छ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]