हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–२ स्थित भेट्टबाडामा वर्षाका कारण लाखौँ धनमालको क्षेती भएको छ । ०८१ असार ९ गते बेलुका परेको अविरल वर्षाका कारण बाढी आउँदा उक्त क्षेत्रमा लाखौँ धनमालको क्षति भएको हो ।
वर्षाले भेट्टबाडा गाउँको खानेपानीको मुहान, धान, कोदोबाली बगाएको छ । खेतबारी, धान, कोदोमा ठूलो क्षति भएको चंखेली गाउँपालिका–२ का हरिहर उपाध्यायले जानकारी दिए ।
देउलीदेखि भटटेबाडासम्मका खेतबारी क्षति भएको उपाध्यायको भनाई छ । स्थानीय उपाध्यायको दुईतले घर समेत बाढीले बगाएको छ । बाढीले बाटोमा पनि क्षति गरेको छ । बाढीले बाटो अवरुद्ध हुँदा एक ठाउँबाट अर्का ठाउँसम्म पुग्न समस्या स्थानीयले जानकारी दिएका छन् ।