हुम्ला । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२५ का लागि जिल्लामा सङ्कलन गरिएका मानव अधिकारसँग सम्बन्धित घटनाहरूको अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले ०८१ असार १० गते मानवअधिकार संग सम्वन्धित घटनाहरु संकलन गर्दै अर्धबार्षिक कार्यक्रम सम्पन्न भएको हो ।
इन्सेकको प्रतिवदन अभिलेख अनुसार जिल्लामा अझै मानव अधिकार हनन् र ज्यादतीका घटनाहरूमा न्युनिकरण नभएको पाइएको छ । इन्सेकले बार्षिक रुपमा दुई पटक गर्ने समिक्षा कार्यmम मार्फत जिल्लाका सरोकावाला निकाय समक्ष सञ्चालन गर्दै आएको समिक्षा कार्यक्रमले हुम्लाको मानव अधिकारको अवस्था के कस्तो छ भन्ने प्रस्ट हुँदै गएको छ ।
इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहद्वारा ०८० पुस १७ गतेदेखि ०८१ असार १० गतेसम्म ६ महिनाको अवधिमा सङ्कलन गरिएका १० ओटा मानव अधिकारसँग सम्बन्धित घटनाहरू प्रस्तुत गरिएको थियो । जसमा सम्मानित रुपले बाँच्न पाउँने अधिकारसँग सम्बन्धित दुई ओटा, मानव बेचविखन तथा ओसारपसारको एक, महिला अधिकार सम्बन्धि बलात्कार, बलात्कार प्रयास, यौन दुव्र्यवहारका चार ओटा, बहु विवाहको एक र आर्थिक तथा सामाजिक अधिकारका दुई ओटा घटना प्रस्तुत गरिएको हो ।
इन्सेकले सङ्कलन गरेर अभिलेख गरेका घटनाहरू प्रति सकारात्मक धारणा राख्दै प्रमुख जिल्ला अधिकारी विनाेद कुमार पाेखरेलले भाैगोलिक विकट्ताका बाबजुद पनि इन्सेकले मानव अधिकार वर्ष पुस्तकका लागि तथ्यमा आधारित भएर घटना सङ्कलन गर्नुमा सराहनीय कार्य गरेको बताएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि एवम जिल्ला समन्वय समिति प्रमुख शिवराज शर्माले कुनै पनि व्यक्तिले काम गर्दा अर्कालाई समस्या नपार्ने अधिकारका विषयमा झल्काउदै जिल्ला भरि उठेका समस्यालाई उठान गर्नु पर्नेमा जोड दिएका छन् । उनलले शिक्षा, स्वास्थ्य, खाद्यान्न र विकास निर्माणलाई पनि प्रतिवेदनमा समेटनु पर्ने बताए । विकासका हिसाबले देशको ७७ औँ जिल्लामा हुम्ला जिल्ला पर्छ, त्यसलाई पनि इन्सेकले समेटनु पर्ने बताउँदै भौगालिक समस्याका बाबजुद पनि प्रतिवेदन तयार गरि यो प्रतिवेदन प्रस्तुतले उल्लेखनीय कार्य भएको बताएका थिए ।
त्यस्तै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जिल्ला भरिको मानव अधिकार सँग सम्बन्धित र न्यायिक निरुपणका विषयमा पनि समेटेको कुरालाई प्रसंशा गर्दै इन्सेकले सात ओटा गाउँपालिकाका न्यायिक समितिका संयोजकहरूसँग समन्वय गर्दा छुटेका घटनाहरू समावेश हुने र प्रतिवेदन थप प्रभावकारी हुने सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले पहिले भन्दा पछिल्लो समय देशमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूको न्युनीकरण भएको र अझै न्युनीकरणमा मानव अधिकारकर्मीको उल्लेखनीय भूमिका रहने बताएका छन् । राज्यले आफ्नो कर्तव्य र दायित्व पुरा गरे नगरेको विषयमा पनि इन्सकेको प्रतिवेदनमा समेट्न प्र.जि.अ पोखरेलले आग्रह गरे ।
त्यस्तै सम्पुर्ण राजनीति दलको तर्फबाट बोल्दै एकिकृत समाजवादीका जिल्ला अध्यक्ष जोसी धामीले कानुन जति नै कडा हुँदै गयो, त्यति नै मानव अधिकार उल्लंघनका घटनाहरू पनि बढ्दै गएको प्रतिक्रिया दिए । जसलाई न्युनीकरण गर्नका लागि इन्सेकले जिल्लाका सात ओटै गाउँपालिकामा पुगेर यसको समीक्षा, अन्तरक्रिया लगायतका जनचेतना फैलाउने कार्यक्रम गर्न आवश्यक रहेको सुझाव दिएका थिए ।
जिल्लामा हुने र भएका मानव अधिकार उल्लंघन, ज्यादती र अपराधका घटनालाई न्युनीकरणमा इन्सकेको ठूलो भूमिका रहेको प्रशंसा गर्दै आगामी दिनमा थप पहलकदमी चाल्न नेपाल पत्रकार महासंघ हुम्ला शाखाका अध्यक्ष राजन रावतको भनाई छ । मानव अधिकार हनन राज्य पक्षबाटै हुने भएकाले सम्बन्धित सरोकारवाला निकाय सम्वेदनशील हुनु पर्ने कार्यक्रमका जिल्ला बार यसोसियनका सचिव राजन चन्दले बताइन् ।
उनले जिल्लामा हुने बालश्रम, खानेपानी, स्वास्थ्य सँग जोडिएका प्रत्येक घटनालाई पनि जोड दिनु पर्ने इन्सेकलाई सुझाव दिएकी थिइन् ।
इन्सेक हुम्लाको अर्धबार्षिक समिक्षा कार्यक्रम सदरमुकाम सिमकोटको मानसरोवर होटेलमा विहान ८ वजे सञ्चालन भई सम्पन्न भएको इन्सेक जिल्ला प्रतिनिधि नन्द सिंहले जानकारी दिए ।