केरुङ नाका हुँदै ढुवानी गरीएको खाद्यान्न हिल्सा आई पुग्यो

Logo
नन्द सिंह सोमबार, आषाढ ०३, २०८१
काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न हिल्सामा आई पुगको छ ।

हुम्ला । काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न हिल्सामा आई पुगको छ । केही दिन अगाडि काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न आइतबार नाम्खा गाउँपालिका वडा नम्वर ५ को हिल्सामा आई पुगेको हो ।

खाद्यान्न ढुवानीमा खटिनु भएका लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी भएको बताए । लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा ५ हजार क्विन्टल खाद्यान्न कोटा थियो । पहिले हिमपातले सडक अवरुद्ध भएको र हाल बाटो पनि खुलेपछि दूतावासबाट कागजात मिलाएर खाद्यान्न ढुवानी कार्य सुरु गरिएको सुव्बा आचार्यको भनाई छ ।

उनले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पुगाएको र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताए । जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये १ हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र ४ हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुने संस्थानका प्रमुख कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।

लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्ने भएको प्रमुख अधिकारीको भनाई छ । चिनियाँ दश वटा मालवाहक गाडीले प्रति गाडी ५ सय क्विन्टल खाद्यान्न हिल्सामा ढुवानी गरेका छन् ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]