केरुङ नाका हुँदै हुम्लामा चामल ढुवानी सुरु

काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ ।
Logo
Karnali Serophero शनिबार, आषाढ ०१, २०८१

हुम्ला । काठमाडौँबाट रसुवागढी हुँदै केरुङ नाकाबाट तिब्बती मार्ग भएर हिल्सादेखि सिमकोटसम्म आउनुपर्ने खाद्यान्न ढुवानी कार्य सुरु भएको छ । केही दिन अगाडि काठमाडौँबाट ढुवानी सुरु भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ढुवानी अनुदानको उक्त खाद्यान्न बिहीबार केरुङबाट हिल्सा नाकाका लागि ढुवानी सुरु भएको हो ।

खाद्यान्न ढुवानीसँगै रहनु भएका लिमिटेड हुम्ला शाखाका नायब सुब्बा नवीन आचार्यले रसुवागढीबाट केरुङ नाका हुँदै हिल्साका लागि खाद्यान्न चिनियाँ गाडीमा ढुवानी सुरु भएको बताउनुभयो । लिमिटेडले हुम्लाका लागि उक्त नाका भएर पनि खाद्यान्न ढुवानी गर्दै आएको छ । सो मार्ग भएर यस आर्थिक वर्षमा पाँच हजार क्विन्टल खाद्यान्न कोटा थियो ।

उहाँले पहिले हिमपातले सडक अवरुद्ध भएको र हाल बाटो पनि खुलेको तथा दूतावासबाट कागजात मिलाउने कार्य भएपछि खाद्यान्न ढुवानी सुरु गरिएको बताउनुभयो । उहाँले केरुङ नाकाबाट तिब्बती मार्ग भएर चिनियाँ मालवाहक गाडीले पाँच दिन लगाएर खाद्यान्न हिल्सामा पु¥याउने र हिल्साबाट नेपाली यातायातका साधनबाट नाम्खा गाउँपालिका केन्द्र याल्वाङ र सिमकोटमा ढुवानी कार्य गरिने बताउनुभयो ।

जिल्लामा ढुवानी भएर आउने कुल खाद्यान्नमध्ये एक हजार क्विन्टल नाम्खा गाउँपालिकाका लागि याल्वाङमा छोडिने र चार हजार क्विन्टल सिमकोटका लागि ढुवानी हुनेछ । यसका लागि लिमिटेडले थापाथली हुँदै याल्वाङसम्म प्रतिकेजी ४८ रुपियाँ र सिमकोटसम्म प्रतिकेजी ६२ रुपियाँमा ढुवानी दर तिर्नेछ ।

यो खाद्यान्न सप्लायरमार्फत ढुवानी भएको हो । चिनियाँ दश वटा मालवाहक गाडीले प्रति गाडी पाँच सय क्विन्टल खाद्यान्न हिल्सासम्म ढुवानी गर्नेछन् । यो खाद्यान्न सिमकोट र याल्वाङमा ढुवानी भएर आइपुगे खाद्यान्न भण्डारण अझै मजबुत हुने भएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]