जिल्ला स्तरीय हक्की प्रतियोगिता हुँदै

Logo
Karnali Serophero शनिबार, आषाढ ०१, २०८१

हुम्ला । पहिलो पटक जिल्ला स्तरीय हक्की प्रतियोगिता हुने भएको छ । आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत हक्कीका खेलहरु हुम्ला जिल्लामा सञ्चालन हुने भएको कारण यो प्रतियोगितालाई मध्यनजर राख्दै जिल्ला स्तरीय प्रतियोगिता आयोजना हुन लागेको हो । हक्की सङ्घ हुम्लाका अध्यक्ष रामजन रावतले आगामी असार ४ गतेबाट फाईभ एक साईट हक्की प्रतियोगिता हुन लागेको बताउनुभयो ।

सो प्रतियोगिता जिल्ला स्तरीय महिला तथा पुरुषका बिच छुट्टाछुट्टै रुपमा हुनेछ । उहाँले यतिबेला यो प्रतियोगिता सञ्चालन गर्नुको कारण दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत हक्की खेल हुम्ला जिल्लामा हुने भएकोले जिल्लामा सञ्चालन गर्न लागिएको र यसै खेलबाट कर्णाली प्रदेशको टिम पनि छनौट हुने बताउनुभयो । हक्की खेलका लागि कर्णाली प्रदेशबाट सबै खेलाडी हुम्ला जिल्लाका रहेका छन् ।

सो प्रतियोगिता हाल हक्की खेलका लागि मैदान निर्माण कार्य पुरा नभई सकेको कारण खेल मैदान नजिकैको सिमसार क्षेत्रको घाँसे मैदानमा हुनेछ । हक्की संघ हुम्लाको आयोजनामा सञ्चालन हुने प्रतियोगिताका लागि बजेटको ब्यवस्था समेत कर्णाली प्रदेश खेलकुद प्ररिषदले गर्नेछ । यसका लागि मुख्य रेफ्रि इन्दु शर्मा, कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव बिश्वमित्र सन्ज्याल, संघको केन्द्रीय पदाधिकारी आउने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]