हुम्ला । हुम्लाको अदानचुलि गाउँपालिका वडा नम्वर २ तुम्चमा ३ लाख ५० हजारको लिफ्ट सिंचाइ योजना बन्ने भएको छ । कृषकको आयस्तर वृद्वि गर्न उद्देश्यले ५० हेक्टरमा लिफ्ट सिंचाइ निर्माण हुन थालेको हो । सिंचाइको समस्या भएकोले लिफ्ट सिंचाइ निर्माण हुन थालेपछि कृषकको मुहारमा खुसी छाएको छ ।
खेतबारीमा सिंचाइ नहुँदा कृषकलाई समस्या हुने गरेको सर्केगाड गाउँपालिका–१ तुम्चका रविन्द्र शाहीले जानकारी दिए । लिफ्ट सिंचाइ निर्माण भएसँगै कृषकलाई राहत हुने शाहीको भनाई छ । सिंचाइ नहुँदा यहाँका कृषकहरू आकाशे पानीको भर पर्दै आएको उनले बताए । लिफ्ट सिंचाइ निर्माणको काम अन्तिम चरणमा पुगेको खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालय हुम्लाका प्रमुख ङवान लामाले बताए ।
बहुवर्षीय योजना लिफ्ट सिंचाइको ७० प्रतिशत काम सकिएको उक्त कार्यालयको स्रोतले जनाएको छ । कार्यालय प्रमुख लामाका अनुसार २०७९ असारमा जि युपी प्राइभेट लिमिटेडसँग सम्झौता भएको हो । अन्तिम चरणमा पुगेको छ कार्यालय प्रमुख लामाले बताए । कर्णालीबाट पानी तानेर ३ लाख ५० हजारको रिर्जभ ट्यांकीमा पानी सञ्चित हुने भएको बताइएको छ ।
तुम्चको लिफ्ट सिंचाइका लागि प्रदेश सरकारले ३ करोड ७० लाख रुपियाँ विनियोजन गरेको छ । तुम्च लिफ्ट सिंचाइबाट सर्केगाड गाउँपालिका वडा नम्वर १ का बासीन्दालाई पनि राहत हुने देखिएको छ ।