हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रको जनसभा सम्पन्न भएको छ । वडा १ देखि ५ सम्म वडाका नयाँ निर्वाचीत वडा तथा गाउँपालिका कमिटि नव निर्वाचीतलाई पार्टी प्रतिनिधिलाई बिहिबार भएको जनसभाबाट बधाई तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
बिहिबार भएको माओवादी ताँजकोट जनसभामा बोल्दै प्रतिनिधिसभा सांसद छिरिङडम्डुल लामा कार्चेनले अहिलेको गठबन्धन सरकार तलमाथि नभएर पुरा कार्यकालसम्म टिक्ने दाबी गर्नुभयो । विगतको जस्तो एक दुई वर्षमा सरकार फेरबदल नहुँने भन्दै यो सरकार २०८४ सम्म सरकार फेरबदल नहुँने भन्दै जनतालाई ढुक्क हुन आश्वासन दिनुभयो । यो सरकारले जनताका मुद्धालाई प्राथामिकता दिएर अगाडी बढेको समेत प्रतिनिधिसभा सांसद लामाले बताउनुभयो । यहाँका नेता कार्यकर्तालाई अलमलमा नपरेर पार्टी संगठन र सुद्धिकरणमा लाग्न समेत आग्रह गर्नुभयो ।
एकताका बिजमा हुम्लीका समस्या समाधान गरेर नयाँ नयाँ विकासका आयामका काम गर्न तिर लाग्न सुझाव दिनुभयो । आफु निर्वाचीत भएसकेपछि हुम्लालाई जहिल्य पनि प्राथामिकतामा राखेको बताउनुभयो ।
यस्तै प्रतिनिधिसभा सांसद लामाले, जिल्लाको बजेट नपर्ने क्षेत्रका लागि समेत संसदले बजेट विनियोजन गरेको बताउनुभयो । हुम्लाको लिमि उपत्याकादेखि सर्केगाड गाउँपालिकामा रहेका महत्वपूर्ण विभिन्न पर्यटकीय स्थलका लागि तीन करोडसम्म समेत विनियोजन गरिएको सांसद लामाले बताउनुभयो । हुम्लालाई पर्यटकीय हब बनाउनका लागि संसदमा बारमबार कुरा उठाइ राखेको र एक वर्ष भित्र आफुले भने जस्तो हुने उहाँले बताउनुभयो ।
हुम्ला आउने र जिल्ला बाहिर गाडीमा यात्रा गर्ने नागरीकलाई बाजुरामा भाडा ठग्ने माफिलाई कारबाहीका लागि पनि संसदमा कुरा उठाउँदै आएको बताउनुभयो । हुम्लाको विकासका लागि बाँकी रहेको आफ्नो तीन वर्षको कार्यकालमा नयाँ काम गरेर देखाउँने सांसद लामाले बताउनुभयो । यो पटक संघ सरकारले विगतको भन्दा फरक किसिमले हुम्लाको लागि बजेट विनियोजन गरेको उहाँले सुनाउनुभएको थियो । उहाँले बिहिबार भएको जनसभामा जनतालाई सुझाव सल्लाह दिदैँ, आफुले सक्ने जति हुम्लाको लागि पहल पर्ने बताउनुभयो । हुम्लाका नागरीकले पाइला पाइलामा सचेत भएर अगाडी बढ्न सुझाव दिनुभयो । आफुले नबोली जनता समस्याका साथै जिल्लाको समग्रह विकासका काम तीन वर्षमा गरेर देखाउने ताँजकोटका जनता सामु प्रतिवद्धता समेत जनाउनु भएको थियो ।
ताँजकोटमा बिहिबार भएको जनसभामा कर्णाली प्रदेशका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सांसद लामा, नेकपा माओवादी केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज छिमि लामा(आसाकार) ताँजकोट गाउँपालिका अध्यक्ष लालकेश जैसी लगायत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थित रहेको नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहराले बताउनुभयो ।