ठेकेदारको लापरबाहीका कारण काठेपुलमा गाडी गुड्न बाध्य

ठेकदारको लापरबाहीका कारण सवारी साधन काठे पुलमा गुड्न बाध्य भएका छन् ।
Logo
Karnali Serophero सोमबार, जेठ २८, २०८१

हुम्ला । सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारहरूले अलपत्र पारेपछि सवारी साधन काठे पुलमा गुड्ने गरेका छन् । सात वर्षअघि निर्माण सुरु भएका पुलहरू ठेकेदार कम्पनीहरुले समयमै निर्माण नगरेपछि काठेपुलकै साहारामा गाडी गुड्ने गरेका हुन् । हेप्काखोला, ताग्रुखोला, याङ्गारखोलामा पुल अझै बनेको छैन ।

पुल निर्माण नभएपछि सधै काठेपुल तरेर गाडी चल्ने गरेको नाम्खा गाउँपालिका–४ का फुर्वु तामाङले जानकारी दिए । ‘काठेपुल भत्किन्छ कि भन्ने डरमा गाडी चल्नुपर्छ,’ तामाङले भने, ‘सिमकोटदेखि यारीसम्म पर्ने चार ठाउँका खोलामा पुल छन् । सल्लीखोला पुल निर्माण भइसकेको तर हेप्काखोला, ताग्रुखोला, याङगार खोलामा अझै सम्म पुल बनेको छैन ।’

हालसम्म पनि पुल नबन्दा विकासको आशासमेत मरिसकेको नाम्खा गाउँपालिका–५ का तेन्जिन लामाले बताए । ‘पहिलेदेखि पुल निर्माण हुन्छ भन्ने सुनेका थियौँ । तर अझैसम्म पुल निर्माण भएको छैन । बेला बेलामा नयाँ काठेपुल निर्माण हुन्छन् पक्कीपुल वर्षौंदेखि उस्तै छन्,’ उनले भने ।

सिमकोट गाउँपालिका–७ र नाम्खा गाउँपालिका–१ को सिमाना पर्ने हेप्काखोलामा पक्की पुल निर्माणका लागि एमएस जेबी धुलिखेल जेबी काठमाडौंका प्रोपाइटर तेजबहादुर महतले २०७४ साउन ६ गते दुई वर्षभित्र सक्ने सम्झौता गरेका थिए । नाम्खा गाउँपालिका–१ स्थित ताग्रुखोलाको पक्की पुल निर्माणका लागि उनले सोही दिन सम्झौता गरेका थिए ।

हिल्सा सिमकोट सडक योजना कार्यालयमा विभिन्न बाहानाबाजी देखाउदैँ चार÷चार पटकसम्म म्याद थप गरिएको छ । २०७६ माघ १० गते नाम्खा गाउँपालिका–४ स्थित याङ्गारखोलामा पुल निर्माण गर्न धुलिखेल निशान जेबी बानेश्वर काठमाडौंका प्रोप्राइटर अकिल बुढाले ठेक्का लिएका थिए । पुल निर्माणका लागि दुईपटक म्याद थप भइसकेको छ ।

कहिले हिमपात, कहिले कोरोना महामारी, कहिले सामान ढुवानीको बहाना बनाउँदै काममा ढिलाइ गरेका छन् । पाँच वर्षसम्म पक्की पुल निर्माण नहुँदा सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाका आउजाउ गर्न गाडी काठेपुलकै भरमा आउजाउ गर्न गरेका छन् ।
हिल्सा–सिमकोट सडक योजनाका कार्यालय प्रमुख बेलबहादुर नेपालीका अनुसार यस भन्दा पहिला म्याद गरिएको थियो ।

ठेकेदारहरुले हिमपातले सामान ढुवानी ढिलाइको कारण देखाएर म्याद थप भएको बताए । अब केन्द्रबाट नीतिगत रुपमा म्याद थप गर्ने नीति सुधार भएर आएपछि म्याद थप हुन्छ नत्र काम नगर्न ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाउने नेपालीको भनाइ छ । ताग्रुखोलाको पुल ढलानको प्रक्रियामा छ ।

हेप्काखोला दुवै ठाउँमा बिम राख्न काम भइरहेको छ भने याङगार खोलामा पनि बिम राख्ने काम अघि बढेको हिल्सा सिमकोट सडक योजनाका प्रमुख नेपालीको भनाइ छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]