सर्केगाडको झापु कुनामा गरियो स्वच्छ मासु पसलको उद्घाटन

हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ४ को झुपा कुनामा स्वच्छ मासु पसल सञ्चालन गरिएको छ ।
Logo
Karnali Kerophero शनिबार, जेठ २६, २०८१

हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्वर ४ को झापु कुनामा स्वच्छ मासु पसल सञ्चालन गरिएको छ । परियोजना कार्यन्वयन इकाई कार्यालय हुम्लाको आर्थिक सहयोगमा सर्केगाडको झुपा कुनामा स्वच्छ मासु पसलको उद्घाटन गरिएको हो । जेठ २१ गतेदेखि गौरव कृषि तथा पशुपालन फर्मद्धारा त्यस क्षेत्रका सेवाग्राहीहरुलाई सहजै रुपमा मासु उपलव्ध गराउने उदेश्यका साथ परियोजना कार्यन्वयन इकाईको आर्थिक सहयोगमा उक्त फर्मले सो मासु पसलको थालनी गरेको छ ।

गत ०८० फागुन १६ गते गौरव कृषि तथा पशुपालन फर्मसंग सम्झोता गरे अनुसार उक्त फर्मले समयमै स्वच्छ मासु पसल निर्माण पछि जिल्लाबाट गएको टोलिले उद्घाटन गरिएको छ । ५ लाख ८८ हजार २ सय ३५ रुपियाँ मध्ये परियोजना इकाईले ५ लाख र ८८ हजार २ सय ३५ रुपियाँ श्रमदानमा उक्त पसल निर्माण भएको छ ।

सो पसल उद्घाटनका लागि परियोजना कार्यन्वय इकाइ कार्यालयका प्रमुख रामदरेश राय, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल लगायतका व्यक्तिहरु सर्केगाडमा पुगेका थिए भने उद्घाटन कार्यक्रममा सर्केगाड गाउँपालिकाका जनप्रतिनिधिरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]