नेपाल पत्रकार महासंघ हुम्लाको कार्यालय ताला बन्दी

नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय ताला बन्दी गरिएको छ ।
Logo
ऐटन रावल सोमबार, जेठ १४, २०८१

हुम्ला । नेपाल पत्रकार महासंघ जिल्ला शाखाको कार्यालय ताला बन्दी गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले हुम्ला जिल्लाका ४४ जना सदस्य मध्ये १२ जनालाई केन्द्रको लिष्टबाटै हटाएको भन्दै नेपाल प्रेस युनियन हुम्ला शाखाले जेठ १४ गते पत्रकार महासंघ हुम्ला शाखाको कार्यालय ताला बन्दी गरिएको हो ।

प्रेस युनियनका आठ जना र अन्य प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र समाजबादी प्रेस संगठनका लगायतका चार जना गरी जम्मा १२ जनालाई केन्द्रिय कार्यालयले हटाएपछि आफ्नो संगठनले बाध्य भएर ताला बन्दी गरेको प्रेस युनियनका सल्लाहकार समितिका जिल्ला संयोजक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।

उहाँले प्रेस युनियनका नेता तथा बर्तमान अध्यक्ष राजन रावतको नाम नै लिष्टबाट हटाएपछि ताला बन्दी गरेको बताउनुभयो । महासंघको कार्यालय ताला बन्दी गर्दै गरेका संयोजक शाहीले युनियनले गरेको माग पुरा नभए अन्य जस्तो सुकै आन्दोलन पनि हुन सक्ने चेतावनी समेत दिनु भएको छ । उक्त शाहीको नेतृत्वमा गएको टोलिले चरणबद्ध रुपमा आन्दोलन गर्ने पनि थप जानकारी गराउनुभयो ।

 

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]