सर्केगाड । दक्षिण क्षेत्रको सर्केगाड गाउँपालिका हुम्लाले आर्थिक वर्ष २०८०।०८१ मा सञ्चालन गरेका योजनाहरूको अनुगमन गर्ने कार्य तिव्र रुपमा अघि बढाएको छ । सर्केगाड गाउँपालिका उपाध्यक्ष चन्द्रसिंह कार्कीको नेतृत्वमा केही दिन यता नियमित रुपमा निर्माणधिन योजनाहरूको अनुगमन गरेको हो ।
गाउँपालिकाले आ.व. ०८०।०८१ मा गाउँगाउँमा दिएको योजनालाई छिटो छरीतो गर्न र कार्य सम्पन्नपछि स्थानीय नागरिकले योजनाको भूक्तानी लियोस भन्ने उदेश्यका साथ गाउँमै पुगेर ताकेता लगाउन थालेको छ । गाउँपालिका उपाध्यक्ष कार्कीले गाउँका निर्माणधिन योजनाहरू सम्पन्न नगरे वजेट फ्रिज जानुका साथै स्थानीय नागरिक उक्त सुविधाबाट बञ्चित हुनु पर्ने भएकोले तत्काल कामलाई बढावा दिन आग्रह गरेका छन् ।
उपाध्यक्ष कार्की, प्रमुख प्रशासकीय अधिकृत शान्ती लामा, गाउँपालिका प्राविधिक र पत्रकारहरूको संयुक्त रुपमा गएको टोलिले रिपका अधिकांस योजनाहरू अनुगमन गरेको छ । अनुगमनका क्रममा उक्त टोलिले सर्केगाड गाउँपालिका–२ स्थित रिपमा मुख्य मन्त्री रोजगार कार्यक्रम अन्तरगतको पिनारादेखि घाट सिचाई योजनाको अनुगमन गरेको छ ।
२० लाख रुपियाँमा निर्माण भएको उक्त सिचाई सम्पन्न भएको छ भने भूक्तानी हुन बाँकी रहेको समितिका अध्यक्ष गोर्या महताराले जानकारी दिए । व्यरोजगारको सुचिमा रहेका ५० जना युवाहरु छनोटपछि २ सय ५ मिटर लम्बाई रहेको उक्त सिचाईको काम हेर्दा निकै सन्तोषजनक रहेको पाइएको छ ।
त्यस्तै त्यस क्षेत्रमा विद्यालय, निर्माण, स्वास्थ्यचौकी घेरबार, जोखिम रहेका विभिन्न कार्यालयहरूका ग्याविन निर्माण गर्नुका साथै सामुदायीक भवन समेत निर्माण गरिएको छ ।