हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की तुईन तरेर गाउँपालिका कार्यालय पुग्ने गरेका छन् । गाउँपालिका कार्यालय सर्केगाड स्थित–४ मा रहेको र उपाध्यक्ष कार्की सर्केगाड गाउँपालिका–२ रिपका बासीन्दा भएकाले उक्त कार्यालयमा जाँदा गाउँ नजिकै रहेको कर्णाली नदिमा लगाएको तुईन तर्न बाध्य हुने गर्दछन् ।
रिप गाउँभन्दा विपरीत पारीपट्टि दैनिक दिन सडकमा सवारीहरू सञ्चालन हुने भएपछि छोटो दुरीको बाटोमा रहेको घाट स्थितको तुईन तर्दै गाउँपालिका पुग्ने गरेको उपाध्यक्ष कार्कीले जानकारी दिए । तर यस अघि उपाध्यक्ष कार्की सर्केगाड गाउँपालिका–६ स्थित स्याल्तडीको झोलुङ्गे पुलबाट गाउँपालिकामा जाने गरेका थिए ।
सरकारले ०७२ मै तुईन विस्तापित भनेता पनि स्थानीय सरकारका जनप्रतिनिधिलाई समेत सोही बाटो भएर आवत जावत गर्नु पर्ने बाध्यता छ । रिपको घाटमा पुल नहुँदा यतिवेला स्थानियलाई अझै पनि तुईनको भरमा आवत जावत गर्नु पर्ने वाध्यता रहेको छ । उक्त ठाउँमा झोलुङ्गे पुल नहुदा स्थानियलाई आवत जावतका लागि तुईनको प्रयोग गर्नु पर्ने वाध्यता रहेको हो ।
सो ठाउँमा पुल नहुदा वडा नं दुई र तीनका रिप, रायाथाली र उनापानी लगायतका गाउँका स्थानियले तुईन तरेर आवत जावत गर्नु परेको स्थानिय जय बहादुर कार्कीले जानकारी दिए । उनले पुल नहुदा ज्यान जोखिममा राखेर तुईनको साहारामा आवत जावत गर्नु पर्ने वाध्यता भएको बताए । कर्णाली करिडोरको सडक खण्डले नछोएका गाउँ वस्ति जोड्ने सामान्य झोलुङ्गे पुल समेत नहुदा तुईनको प्रयोगले वारपार गर्नु परेको उनको गुनासो छ ।
तुईनको भरमा गाउँका वालवालिका, जेष्ठ नागरिक लगायत जनप्रतिनिधि तुईन गर्ने गरेका अर्का स्थानिय गिता कार्कीले बताइन् । उनले पुल नभएकै कारण केही दिन अघि मात्रै जस्तापाता र पाइप खसेर कर्णाली नदिमा खसेर बगेको पनि थप जानकारी दिइन । गाउँपालिकामा जाँदा राती समयमा अझ थप समस्या हुने गरेको उनको भनाई छ ।
स्थानीय विरामी पर्दा, गाउँको उत्पादन वजार पुर्याउदा र वजारको उपभोग्य वस्तु गाउँ पुर्याउदा तुईनकै प्रयोग गर्नु परेको छ । यसै त तुईनमा ज्यानको बाजी राखेर वारवार गर्नु पर्ने अवस्थामा त्यसैमा खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तु ढुवानि गर्नु पर्दा समस्या हुने गरेको हो । त्यस्तै कर्णाली करीडोर गाउँभन्दा पारी पट्टि गएपछि आफुहरुले घाटा व्यहोर्नु परेको अर्का स्थानीय कौँरी फडेराले गुनासो गरेकी हुन् । उनका अनुसार आवत जावतका लागि अन्य कुनै विकल्प नभएपछि तुईनको प्रयोग गर्नु परेको बताइन् ।
कर्णाली करिडोर सडक खण्डमा चल्ने गाडीको सुविधा लिन तुईन तरेर जानु पर्ने बताइएको छ । घर अगाडी देखिने कर्णाली करिडोरमा यातायातका साधान चल्न थाले पनि आफ्ना दुख उसै रहेका स्थानीय फडेराको भनाई छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्र सिहं कार्कीले रिपको घाटमा पुलको ब्यवस्था नहुदा गाउँका स्थानिय मात्रै होईनन् आफु पनि तुईन तरेर गाउँपालिका आउने जाने गरेको जानकारी दिए । दुर्गम ठाउँमा गाडी सुविधा नहुदा आवत जावतमा सकस भएको बताउदै उनले तुईन तरेर डेढ घण्टाको बाटो छोट्याउदै गाउँपालिकाको केन्द्र झापु पुग्ने गरेको बताए ।
सुगम ठाउँका स्थानियले आकासे पुलको प्रयोग गर्नु पर्ने अवस्थामा दुर्गम ठाउँका स्थानियले ज्यान जोखिममा राखेर तुईनको प्रयोग गर्नु परेको बताए । सर्केगाडवासिलाई ज्यानको वाजी राखेर वाध्यताले तुईन तर्नु पर्ने अवस्थामा राज्यले पुल निमार्णका लागि सहयोग नगरेको प्रति उनको गुनासो रहेको छ ।
भए बेलिव्रीज नभए झोलुङ्गे पुल सम्म निमार्णका लागि प्रदेशदेखि संघीय सरकार समक्ष पटक पटक आग्रह गरे पनि वास्ता नभएको उपाध्यक्ष कार्कीको भनाई छ । देशका विभिन्न ठाउँमा रहेका तुईन हटाएर झोलुङ्गे पुल निमार्णको योजना अगाडी सारिएको आठ वर्ष वितिसक्दा पनि तुईन विस्थापितको लक्ष्य पुरा हुन नसक्दा दुर्गम ठाउँका नागरिक अझै पनि तुईनकै भरमा नदि वारपार गर्न बाध्य भउका छन् ।