पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणाको तयारी गर्दै गाउँपालिका

सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितताको तयारीमा जुटेको छ ।
Logo
नन्द सिंह शनिबार, बैशाख २२, २०८१

हुम्ला । सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितताको तयारीमा जुटेको छ । पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गर्ने उदेश्यका साथ सिमकोट गाउँपालिका स्वास्थ्य शाखा तिव्र तयारीमा जुटेको हो । उक्त उदेश्यका साथ गाउँपालिका स्वास्थ्य शाखाले सञ्चारकर्मी र सरोकारावाला निकायसंग एक दिने अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गरेको छ ।

वैशाख २१ गते सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पूर्ण खोप दिगोपना सुनिश्चितता सम्बन्धी सरोकारवालासँग अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा पूर्ण खोपको लक्ष्य, उद्देश्य, उपलब्धी र चुनौती एवम् खोप र आधारभूत स्वास्थ्य सेवाबारे जानकारी गराएको थियो ।

पूर्ण खोप सुनिश्चितता घोषणा र दिगोपनाको अवस्थाको सुरक्षा, पूर्ण खोप घोषणा निर्देशिका बमोजिम पूर्णखोप सुनिश्चितता दिगोपना ल्याउन के गर्ने ? गाउँपालिका स्तरीय वार्षिक कार्यक्रम, खोप सूक्ष्म योजना जस्ता पूर्ण खोपका विषयमा सरकारवालाहरुसँग छलफल गरेको हो ।कार्यक्रममा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले गाउँपालिकाको भूगोल ठूलो रहेको र जनसंख्याका हिसावले पनि ठूलो रहेको भन्दै पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका कसरी बनाउने भन्ने उदेश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।

अव छिट्टै पूर्ण खोप घोषण गर्ने लक्ष्य लिएको हुँदा यो कार्यक्रम राखेको भण्डारीको भनाई छ । कार्यक्रममा सहभागीले गाउँपालिकाभित्र सम्पूर्ण बालबालिका र गर्भवतीलाई खोप लगाउन नछुटाउन र छुटेका भएपनि अनुगमन गरेर लगाउन सुझाव दिएका थिए । खोपले जीवन रक्षा गर्छ, जीवन जोगाउँछ, मृत्युदर कम हुने भएकाले सम्पूर्ण बालबालिकालाई खोपको दायरामा ल्याउनुपर्ने गाउँपालिका उपाध्यक्ष सुशीला रोकायले बताइन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदीले जिल्लामा सात वटा स्थानीय तह रहेको र त्यसमध्ये सदरमुकामको गाउँपालिका भएकाले उदाहरणीय कार्य गरेर अन्य गाउँपालिकाले सिमकोट गाउँपालिकाबाट सिक्ने वातावरण मिलाउन सुझाव दिएका थिए ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]