बरामद गरिएका औषधि गाउँपालिकाद्धारा नष्ट

सदरमुकाम सिमकोट बजारमा सञ्चालित औषधि पसलहरुबाट वैशाख २० गते अनुगमन गरि बरामद गरिएका औषधि सिमकोट गाउँपालिकाले नष्ट गरेको छ ।
Logo
लोग भण्डारी शनिबार, बैशाख २२, २०८१

हुम्ला । सदरमुकाम सिमकोट बजारमा सञ्चालित औषधि पसलहरुबाट वैशाख २० गते अनुगमन गरि बरामद गरिएका औषधि सिमकोट गाउँपालिकाले नष्ट गरेको छ । सदरमुकाम सिमकोटमा सञ्चालित औषधि पसलहरुले कालोबजारी गर्नुका साथै बिचौलीयाको हाबी भएको भन्दै गुनासो आएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालय हुम्लाको समन्वयमा बरामत भएको उक्त औषधि वैशाख २१ गते नष्ट गरिएको हो ।

जस मध्य सि.पि औषधि पसलमा डाक्टरको अनुमतिमा प्रयोग गरिने ट्रामाडोल (त्च्ब्ःब्) ४ सय ट्याब्लेट औषधि भेटिएको थियो । त्यस्तै हेल्थ अस नेपाल (ज्भबतिजग्क्ल्भउब)ि मेडिकल सेन्टर फार्मेसीमा पनि डाक्टरको अनुमतिमा प्रयोग गरिने फेनाइटोन ४ सय १०, फोलोफाजेपाइम ४ सय १० ट्याब्लेट बरामद गरिएको थियो ।

अनुगमनमा भेटिएका सबै औषधि शुक्रबार मुचुल्का उठाएर गाउँपालिकाले आफ्नो कार्यालय अगाडी नष्ट गरेको गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले जानकारी दिए । जनप्रतिनिधि, जिल्ला समन्वय समिती, जिल्ला प्रशासन कार्यालय, सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको रोहवरमा जलाएर नष्ट गरिएको हो ।

ती मेडिकलमा मनपरी औषधि बेचेको, एक व्यक्तिको लाइसेन्समा अर्को व्यक्तिले मेडिकल खोलेर बसेको, औषधि र क्लिनिकको अनुमति नलिई सञ्चालनमा भेटिएका थिए । उक्त औषधि डाक्टर बाहेक अन्य स्वास्थ्यकर्मीले विक्रि वितरण गर्न नमिल्ने भएपछि बरामत गरिएको थियो ।

उक्त पसलेहरुले औषधि पसल सञ्चालन गर्दा आफ्नो निश्चित तोकिएको भन्दा फरक वा करेट यरिया भन्दा बाहिरको औषधि विक्रि गर्दै आएको भेटिएको थियो । अनुमति विना औषधि बिक्रि गरिएको औषधि पसलेहरुलाई पहिलोपटक माफि दिएको र यसपछि पनि त्यस्तो भेटिएमा कार्वाही गरिने संयोजक भण्डारीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]