स्काभेटर पल्टिदा दुई जनाकाे मृत्यु

Logo
Karnali Serophero सोमबार, बैशाख ०२, २०८२

हुम्ला । चंखेली गाउँपालिकामा आइतबार राती स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी चंखेली गाउँपालिका–२ बस्ने ४५ वर्षिय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षिय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

पिप्लाङ स्वास्थ्य चाैकिमा उपचारको क्रममा घाइते भएका दुवै जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
चंखेली गाउँपालिका–लोती भन्ने स्थान पिपलाङ्गबाट मिमि तर्फ जाने सडकखण्डमा चैन वाला स्काभेटर प्रदेश नम्बर २.०३.००१ क ९७५ बिग्रेर राखेको स्काभेटर चलाउँदा पल्टिएर एक सय मिटर तल खस्दा दुई जनाको मृत्युभएको हो ।

स्काभेटर चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासी स्काभेटर सडकबाट करीब सय मिटर तल खस्दा घाइते भएका दुबै जनाको उपचारका लागि एम्बुलेन्सद्धारा श्रीमष्ठा प्रथामिक स्वास्थ्यचौकी पिप्लाङ्गमा लगि उपचारका क्रममा मृत्यु भएको हो ।

स्काभेटर आइतबार राती पौने आठ बजे तिर घट्ना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । घट्ना भएको जानकारी पाउनसाथ प्रहरी चौकी मिमिबाट प्रहरी सहयाक निरिक्षक कटक बहादुर बोहराको नेतृत्वमा चार जना र प्रहरी चौकी मेल्छाम हुम्लाबाट प्रहरी सहायक निरिक्षक लक्षमण दत्त भट्टको नेतृत्वमा चार जना टोली खटिइ घाइते भएका दुबै जनाको उद्धार गरि उपचारका क्रममा मृत्यु भएको हो । स्काभेटर मुगु जिल्ला छाँयानाथ नगरपालीका १४ का नन्दलाल बडुवालको रहेको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला