कर्णाली किड्स कपको तेस्रो दिन क्वाटरफाईनलका खेल सम्पन्न

कर्णाली किड्स कप २०८१ को तेस्रो दिन, क्वाटर फाइनलका खेल सम्पन्न भएका छन ।
Logo
Karnali Kerophero आइतबार, बैशाख ०९, २०८१

हुम्ला । कर्णाली किड्स कप २०८१ को तेस्रो दिन, क्वाटर फाइनलका खेल सम्पन्न भएका छन । नेपालमै पहिलो पटक शुरु भएको कर्णाली किड्स कप २०८१ को तेस्रो दिन आज ५ वटा क्वाटर फाईनलका खेलहरु सञ्चालन गरिएको हो । बालबालिकाका लागि खेलकुद भन्ने नाराका साथ शुरु भएको कपको तेस्रो दिनको पहिलो खेलको रुपमा खेलार्ईएको मण्डाल्नी प्राथमिक विद्यालय र जनकल्याण आधारभूत विद्यालय बिच क्वाटरफाईनल खेल सम्पन्न भएको छ ।

उक्त खेलमा जनकल्याणका जर्सि नम्बर ७ का प्रवेस लुवारले २ र जर्सि नम्बर १० का हेमराज दानीले १ गोल गरेपछि ० का विरुद्ध ३ गोलमा जनकल्याण सेमी फाईनलमा प्रवेस गरेकोे कपका रेफ्री मोहन रोकायाले जानकारी दिए । त्यसैगरी हमालचुली आधारभुत विद्यालय र सुर्योदय माध्यमिक विद्यालय विचको दोस्रो खेलमा सुर्योदयले सुन्यका विरुद्ध २ गोल गर्दे आफूलाई सेमिफाईनल खेलमा प्रवेस गर्न बिजेताका रुपमा प्रस्तुत गरेको छ ।

सुर्योदयका निराजन बुढाले २ गोल गरेका हुन भने गोल रक्षक निर्पराज बुढाले पनि गोल रक्षक गरि रहदा उत्कृष्टको पुरस्कार प्राप्त गरेका छन् । तेस्रो खेलको क्वाटर फाईनलमा ज्ञनोदय मावि र मष्टादेव प्रावि बिचको खेलमा मष्टादेवका तर्फबाट आनन्द कटुवालले १ र ज्ञनोदयका तर्फबाट कमल थापाले १ गोल गर्दा खेल बाराबरीमा गएसगै पेनाल्टीमा गएको थिायो ।

मष्टादेवका खेलाडीले पेनाल्टीबाट २ गोल थपे भने ज्ञनोदयका खेलाडीको २ गोल मष्टादेवका प्रवेस बुढाले गोल हुनबाट रोकेपछि मष्टादेव पनि बिजेताका रुपमा सेमि फाईनलका लागि अघि बढेको छ । खेल स्थानीय सन्देश विश्वको भन्ने मान्यताका साथ शुरु भएको कर्णाली किड्स कपको तोस्रो दिन भएको चौथो खेल अन्तरगत जनकल्याण आधारभूत विद्यालय र पुद्धुकोट प्राथमिक विद्यालयबीचको लेखमा जनकल्याणका खेलाडी हेमराज दानीले ४, प्रवेस लुवारले १, प्रभास फडेराले १ र अन्य २ जना खेलाडीले १।१ गोल गरेर जनकल्याण सेमि फाईनलमा प्रवेस गरेको छ ।

प्रतियोगिताकै उत्कृष्ट टिमका रुपमा आएको छत्रपाल आधारभूत विद्यालय र आयोजक टीम माउण्ट एभेरेष्ट इङलिस बोर्डिङ्ग स्कुलबीचको तेस्रो दिनको पाचौे खेलका रुपमा खेलाएको छ । अन्तीम खेलको रुपमा खेलाईएको उतm खेलमा छत्रपाल आधारभुत विद्यालयका तर्फबाट जर्सी नम्बर ७ का प्रमोद बुमीको ३, सर्जन रोकायाको ३, दसरथ रोकायाको ३ र जेनेका फडेराले हानेको २ गोलले सहजै छत्रपाललाई समुहको बिजेताका रुपमा सेमि फाईलनमा पुर्याएको छ । रेफ्री रोकायाका अनुसार चौथोे दिनका खेल भोली सोमबार बिहान ७ बजेदेखि अदानचुली ३ कै खेलमैदानमा सेमि फाइनलका खेलहरु शुरु हुने भएको बताइएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]