पहिरोले धान रोप्ने खेत बगाएपछि किसानलाई भोकमरीको चिन्ता

अविरल वर्षाले सर्केगाड गाउँपालिका–२ रीप गाउँमा ठूलो क्षति पुर्याएको छ ।
Logo
Karnali Serophero आइतबार, बैशाख ०१, २०८२

हुम्ला । अविरल वर्षाले सर्केगाड गाउँपालिका–२ रीप गाउँमा ठूलो क्षति पुर्याएको छ । रीप गाउँ नजिक रहेका खेतहरु पहिरोले बगाएर लगेपछि किसानलाई भोकमरीको चिन्ता भएको हो । गाउँ नजिक खेतमा लगाएको धानका बेर्ना पहिरोले बगाएर लिएको स्थानीय विजय फडेराले बताउनुभयो । कात्तिकमा उत्पादन हुने धानका बेला सार्न नपाउँदै पहिरोले बगाएर लिएको फडेराले जानकारी दिनुभयो ।

त्यस्तै औस्या विक, रंगा महतारा, गोरा लुवार, वीर थापा, डल्ली विक लगायत झण्डै एक दर्जन बढी स्थानीयका खेतमा क्षति पुर्याएको छ । उक्त धानबाली लगाएका खेत र भर्खरै रोपेको धान बगाउँदा किसानलाई भोकमरी हुने चिन्ताले पिरोलेको छ । सो क्षेत्रमा वर्षासँगै खसेको पहिरोले खेतबारी, र सडकमा ठूलो क्षति पुर्याएको अर्का स्थानीय दिपक महताराले बताउनुभयो ।

२ सय ३० घरधुरी रहेको रिप गाउँमा खेतबारीमा चैत २८ गतेदेखि नियमित परेको अविरल वर्षाले पहिरो गएपछि स्थानीयबासी त्रसित भएको महताराले बताउनुभयो । त्यस्तै सोही क्षेत्रमा पर्ने कर्णाली करिडोर सडकको खडिखेतमा समेत वर्षासँगैको पहिरो जाँदा ठूलो क्षति पुर्याएको छ ।
खडीखेत क्षेत्रमा पहिरो खस्दा कर्णाली करिडोरको सडक नै अहिले अवरुद्ध भएको छ । पहिरोले सडकलाई क्षतविक्षत बनाएको छ भने होटलमा समेत असर पारेको छ ।

रीपमा पहिरोले पुर्याएको क्षतिको विवरण संकलनका साथै मुचुल्का उठाउनका लागि सर्केगाड प्रहरी चौकीको टोली त्यस तर्फ प्रस्थान गरेको इन्स्पेक्टर सुरेश सुवेदीले बताउनुभयो । रीप गाउँमा गत वर्ष पनि वर्षाले पहिरो जाँदा लाखौँको क्षति पुर्याएको थियो । गत वर्षको पहिरोले गाउँको विचमै पहिरो जाँदा स्थानीय नागरिकलाई रातभरि खुला अकासमुनि बस्नु पर्ने बाध्यता बनेको थियो ।

उक्त घटनाको अनुगमनका लागि सदरमुकाम सिमकोटबाट जिल्ला विपद व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारीको नेतृत्व टोलि हेलिकप्टरबाट निरिक्षण समेत गरेको थियो । उक्त घटनाको क्षेती हेरि नेपाल सरकारले क्षेतीपुर्ति समेत प्रदान गरेको थियो । यो पटक भने प्रहरीको मुचुल्का र क्षेतीको विवरण अनुसार क्षेतीपुर्ति उपलव्ध हुने बताइएको छ ।

 

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला