

हुम्ला । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकाे सिमकाेट गाउँ कमिटीको अध्यक्षमम सिमकाेट गाउँपालिका-५ का प्रकाश रावत सर्वसहमत निर्वाचित भएका छन् ।
माओवादी केन्द्र सिमकोट गाउँ कमिटीको तेस्रो अधिवेशनबाट सर्वसहमतबाट अध्यक्षमा रावत, उपाध्यक्षमा जोमन लामा, रिठु रावत, भक्त परियार, सचिवमा हिरा बहादुर शाही, कोषाध्यक्षमा धनजित बोहरा (अशोक) र सह–सचिवमा रिक्जन लामा निवार्चित भएको जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान)ले जानकारी दिए ।
अध्यक्षमा रावत सहित ४५ सदस्यीय गाउँ कमिटी सर्वसहमत चयन भएको सचिव बोहराले बताए । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिमकोट गाउँपालिकाको अध्यक्ष पदको आकांक्षी पाँच जना भएपनि साझा छलफलबाट नयाँ नेतृत्व चयन भएको बताइएको छ ।
सिमकोट गाउँ कमिटीबाट ४० जना निर्वाचित भएका छन भने पहिलो बैठकबाट पाँच जना थप गर्ने गरि मनोनित गरिने भएको जानकारी प्राप्त भएको छ ।
माओवादी केन्द्र सिमकोट गाउँ कमिटीको तेस्रो बैठक चैत २४ गतेदेखि २६ गतेसम्म जिल्ला समन्वय समितिको सभाहलमा सञ्चालन भएको थियो ।