खच्चा सडक स्तरउन्नती नहुँदा यात्रुलाई सास्ती

जिल्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ स्थित कर्णाली करिडोरको खच्चा सडकखण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ ।
Logo
Karnali Serophero मंगलबार, चैत्र २६, २०८१

हुम्ला । जिल्लाको दक्षिण भेगमा रहेको सर्केगाड गाउँपालिका–१ स्थित कर्णाली करिडोरको खच्चा सडकखण्डमा यात्रुले सधैँ सास्ती खेप्नु परेको छ । हिउँदयाममा सुख्खा पहिरो र वर्षायाममा पानी पर्दा पहिरो जादा यस खच्चा सडकखण्डमा यात्रुले यात्रा गर्दा समस्या भोग्दै आउनु परेको हो । कर्णाली करिडोरको व्यस्त खच्चा सडकको अवस्था अहिले दुरवस्था रहेको छ । नेपालगञ्ज, सुर्खेत लगायतका शहरबाट ठूला मालबाहक ट्रकदेखि यात्रु बोकेका सवारीसाधन दैनिक आवतजावत गरिरहने व्यस्त सडक मानिन्छ । खच्चा सडकमा पहिरोको समस्याका साथै कुनै सवारी साधनका पट्टा, टायर लगायतका सामान विग्रदा पनि थप सास्ति हुने गरेको पाइन्छ ।

कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण हुम्लाबाट कालिकोटसम्म यात्रा गर्दा यात्रुहरुले सास्ती खेप्नु परिरहेको छ । सडक गुणस्तरीय नभएर यस खण्डमा यात्रा गर्ने यात्रुले समस्या भोग्दै आउनु परेको छ । सडक अवरुद्ध हुँदा यात्रुले कतिखेर झर्नु पर्ने त कतिबेला गाडीमा बस्नु पर्ने गरेका कारण हैरानी भोग्दै आएको गुनासो पोख्ने गरेका छन् । सुर्खेतदेखि सिमकोटसम्म गाडीमा यात्रा गर्दा निकै कष्टकरका साथ समस्या भोग्नु परेको यात्रु सुरेश रावतले गुनासो गर्नुभयो ।

रावतले भन्नुभयो, गाडीमा यात्रा गर्दा विच विच ठाउँमा रहेका सडक निकै असजीला रहेका छन् । त्यस मध्येपनि हुम्लाको खच्चा सडकखण्डको पाँच सय मिटर बढी सडकमा पहिरो खसीरहने भएका हुँदा आफुले झण्डै सात घण्टाबढी सास्ती खेप्नु परेको थियो । यो समस्या खच्चामा मात्रै नभएर कालिकोट जिल्लाको खुलालुसम्म रहेको यात्रु रमिता शाहीकोे भनाई छ । कर्णाली करिडोरको हुम्लादेखि खुलालुसम्मको १ सय ३२ किलोमिटर सडकमा निकै समस्या हुने गरेको छ । कतिपय सडक खण्ड क्षेत्रमा ढुङ्गा बिछ्याएर सवारीसाधन सञ्चालनमा ल्याउनु पर्ने अवस्था रहेको छ । भने यात्रुले यो क्षेत्रको सडक खण्ड अवरुद्ध हुँदा खाना बस्नको समेत समस्या भोग्दै आउनु परेको छ ।

काठमाण्डौँ, सुर्खेत, पोखरा, नेपालगञ्ज लगायतका शहरबाट हुम्लाको सदरमुकाम सिमकोट पुग्ने कर्णाली करिडोरको मुख्य सडक नै यही पर्छ । तर सडकको दुरवस्था हुँदा यात्रुले निकै समस्या भोग्दै आउने गरेका छन् । नेपालगञ्जबाट सिमकोट पुग्नु भएकी बाँचु महतले भन्नुभयो, कतै सुख्खा पहिरो खस्ने त कतै धुलाम्मे सडकको कारण यात्रा निक्कै कठिन भयो । केही ठाउँमा सडक फराकिलो भएपनि अधिकाँस सडक एउटा बस सञ्चालनका लागि ठिक्कै भएका कारण यातायातका साधनलाई ओहोर दोहोर गर्न पनि समय लाग्नाले पनि यात्रुहरुले दुःख भोग्नु परेको छ ।

साँघुरो सडकका कारणपनि यातायातका साधन ओहरदोहर गर्न नसक्दा यात्रुले कम्तीमा पनि ६ देखि १० घण्टासम्म सडकमै बस्नु पर्ने बाध्यता छ ।
कालिकोटको सान्नी घाट, रास्कोट, बाजुराको हिमाली गाउँपालिका क्षेत्रको धुलाम्मे सडकमा यात्रायातका साधनलाई वारपार गर्न समस्या हुँदा यात्रुहरु मिलेर धुलो पन्छाउने र ढुङ्गा बिछ्याउने कार्य गरेर यात्रा गर्ने गरेको पाइन्छ । यो समस्या यात्रुहरुले हुम्ला, बाजुरा र कालिकोट जिल्लाको कच्ची सडकमा भोग्नु परेको छ । यी खण्डको सडकमा नेपाली सेनाले सडक निर्माण गरेर सडक बिभागलाई बुझाएता पनि त्यसैका स्तरोन्नती कार्य हुन सकेको छैन ।

यी क्षेत्रका सडक लामो समयसम्म मर्मत सुधार हुन नसक्दा यात्रुले सास्ती भोग्नु परेको छ । कर्णाली करिडोरको सबैभन्दा बढी यात्रुले समस्या खेप्नु परेको खच्चा खण्डको स्तरोन्नती छिटो गर्न सर्केगाड गाउँपालिका–१ जैरका स्थानीय दिल बहादुर कार्कीले सरकारसँग आग्रह गरेका छन् । खच्चा सडकको स्तरोन्नती हुन नसकेपछि नियमीत खसिरहने पहिरोका कारण थप समस्या आउन सक्ने स्थानीय कार्कीको भनाई छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला