उकाली तेस्रो धुर्वले सर्वेक्षण गर्दा नाम्खामा ३९ वटा हिउँ चितुवा भेटिए

Logo
ओबराज शाही आइतबार, चैत्र २४, २०८१

हुम्लाको नाम्खा गाउँपालिकामा हिउँ चितुवा सर्वेक्षणकाे नतिजा सार्वजनिक गर्न पत्रकार सम्मेलन गरिएकाे छ ।
हुम्लाको नाम्खा गाउँपालिकामा हिउँ चितुवा रहेकाले त्यसकाे सर्वेक्षण गर्नु र त्यसलाई जाेगाउन सबै लागि पर्नु पर्ने भएकाले क्यामरा राखेर त्यसकाे सर्वेक्षण गर्ने मुख्य उदेश्य रहेकाे उकाली  तेस्रो धुर्वका  प्रमुख रिन्जिन फुन्जाेक लामाले बताए ।

नेपालकाे अन्य जिल्लामा हिउँ चितुवाकाे सर्वेक्षण भएकाे भएपनि हुम्लामा भने याे पहिलाे पटक सर्वेक्षण गरेकाे जनाए । याे सर्वेक्षणले नेपालमा हुम्लाको नाम समावेश हुने र शिकार गर्न पनि राेक लगाउने हेतुले याे कार्य गरेकाे देखिन्छ । हुम्लामा राष्ट्रिय निकुञ्ज नभएपनि हिउँ चितुवाकाे राम्रो सम्भावना भएकाे याे पहिलाे सर्वेक्षणले देखाएकाे छ ।

उकाली तेस्रो धुर्वले चितुवा गणना तथा संरक्षणमा उच्च प्रथामिक्तामा राखेकाे देखिन्छ । हिउँ चितुवा सर्वेक्षण गर्न नाम्खा गाउँपालिकामा सन् २०२२ देखि २०२३ सम्म ६१ वटा क्यामरा ट्रयाप प्रयोग गरि ४ हजार ७ सय २६ क्यामरा दिनेकाे सर्वेक्षण गरिएको थियाे, त्यसकाे आधारमा क्यामराले कहित गरिएकामा जम्मा नाम्खामा ३९ वटा हिउँ चितुवा रहेकाे उकाली तेस्रो धुर्वका  प्रमुख लामाले बताए ।

प्रमुख लामाका अनुसार यसकाे घनत्व १ दशमलव ८४ प्रति १ सय वर्ग मिटरमा क्यामरा जडान गरिएकाे जनाए । उकाली तेस्रो धुर्वकाे आर्थिक सहयाेग र जिल्ला डिभिजन वन कार्यलय हुम्लाको समन्वयमा सनिवार पत्रकार सम्मेलन गरिएकाे थियाे ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला