पत्रकारको साधारण सभा तथा अधिवेशन केन्द्रित बैठक सम्पन्न

नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक सम्पन्न भएको छ ।
Logo
लोग भण्डारी बुधबार, बैशाख ०५, २०८१

हुम्ला । नेपाल पत्रकार महासंघ हुम्ला शाखाको बैठक सम्पन्न भएको छ । ०८१ वैशाख ५ गते पत्रकार महासंघ हुम्लाका अध्यक्ष राजन रावतको अध्यक्षतमा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा हुम्लाले आगामी वैशाख १० गते साधारणसभा तथा जिल्ला अधिवेशन मनाउने तिव्र तयारी गरेको पत्रकार महासंघ हुम्लाका सचिव नन्द सिंहले जानकारी दिएका छन् ।

सचिव सिंहका अनुसार आठौँ साधारण सभा एवं जिल्ला अधिवेशनका लागि विभिन्न उपसमिति समेत गठन गर्नुका साथै अधिवेशनलाई सुसम्पन्न गराउने तयारीमा रहेको छ । जसमा महासंघका सहसचिव छपाल लामाको संयोजकत्वमा तीन सदसीय प्रचार प्रसार समिति गठन गरिएको छ । उक्त समितिमा लोग भण्डारी र दाने बोहरा सदस्य रहेका छन् ।

त्यसैगरि महासंघका कोषाध्यक्ष सुरेश परियारको संयोजकत्वमा पनि तीन सदसीय कार्यक्रम ब्यवस्थापन समिति गठन गरिएको छ । जसमा बेलुमाया महतारा र लक्ष्य कामी सदस्यमा रहेका छन् । भने आजै बसेको बैठकले अधिवेशन सम्पन्न गराउन केन्द्रीय प्रतिनिधि खटाउनका लागि महासंघ केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै उक्त अधिवेशनमा १० हजार राशीको पत्रकार जयबहादुर रोकाया स्मृति पत्रकारिता पुरस्कार वितरणका लागि जिल्लामा क्रियाशिल एक जना पत्रकारलाई छनोट गर्ने उदेश्यले तीन सदस्यीय उपसमिति बनाउने निर्णय समेत गरिएको छ । तर उक्त समितिका व्यक्तिहरुको नाम भने तोकि नसेको सचिव सिंह्को भनाई छ । बैठकले महासंघका सचिव नन्द सिंहले सांगठानिक प्रतिबेदन र कोषाध्यक्ष सुरेश परियारले आर्थिक प्रतिबेदन तयार गरेर साधारण सभाको बन्द सत्रमा पेश गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]