नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा स्वागत

प्रेस चौतारी नेपाल हुम्लाले दशौं जिल्ला अधिवेशनबाट निर्वाचीत नेकपा एमाले जिल्ला कमिटीका नवनिर्वाचीत पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ ।
Logo
लोग भण्डारी बुधबार, बैशाख ०५, २०८१

हुम्ला । प्रेस चौतारी नेपाल हुम्लाले दशौं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले जिल्ला कमिटीका नवनिर्वाचीत पदाधिकारीलाई बधाई ज्ञापन तथा स्वागत कार्यक्रमको आयोजना गरेको छ । हुम्लाबाट नेतृत्व गर्ने तीन जना एमाले केन्द्रीय सदस्यले नवनिर्वाचित जिल्ला कमिटी पदाधिकारीलाई पार्टी सुदृढ र चलाएमान बनाउन मिलेर अगाडी बढ्न सुझाव दिएका छन् ।

बधाई ज्ञापन कार्याक्रममा नवनिर्वाचीत अधयक्ष ज्ञामी बुमीले पार्टीलाई चलायमान बनाउन प्रेस चौतारी हुम्लाको अहम भूमिका रहने बताएका छन् । ०८१ वैशाख ४ गते भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य छक्क बहादुर लामाले नवनिर्वाचीत पदाधिकारीले छनोटमा नपरेकालाई अंगालो हालेर लिनु पर्ने बताए । साथै यो विजय नभएर छनोट प्रक्रिया भएको केन्द्रीय सदस्य लामाको भनाई छ ।

सर्वसम्मतमा टुंगो नलागेपछि लोकतान्त्रीक अभ्यासमा गएर पदाधिकारी निर्वाचीत भएको एमाले केन्द्रीय सदस्य दल बहादुर फडेराले बताए । मिसन चौरासीका लागि एकतावद्ध भएर जानुका साथै नवनिर्वाचीत पदाधिकारीले जित्यौ भनेर एक तर्फि अगाडी नबढ्न सुझाव दिए । पार्टीको विधि अनुसार नयाँ पदाधिकारी छनोट भएको प्रमुख अथिती तथा केन्द्रीय सदस्य दल रावलले बताएका छन् ।

हुम्लाको विकासका लागि एकता बद्ध भएर अगाडी बढ्न नवनिर्वाचीत जिल्ला कमिटी पदाधिकारीलाई प्रमुख अतिथि रावलले सुझाव दिएका हुन् । कार्यक्रमका अध्यक्ष तथा प्रेस चौतारी नेपाल हुम्लाका अध्यक्ष नन्द सिंहले यस अघि जिल्ला पार्टीका नेतृत्वले चौतारीसँग समन्वय नगरेको प्रति गुनासो गरेका थिए । अध्यक्ष सिंहले नवनिर्वाचीत पदाधिकारीले आगामी दिनमा समन्वय गरेर अगाडी बड्न आग्रह गरेका हुन् ।

मंगलबार दिउँसो चौतारीका जिल्ला अध्यक्ष नन्द सिंहको अध्यक्षतामा र नेकपा एमाले केन्द्रीय सदस्य दल रावलको प्रमुख आतिथ्यमा र केन्द्रीय सदस्यद्धय दल बहादुर फडेरा र छक्क बहादुर लामाको विशेष आतिथ्यमा बधाई ज्ञापन तथा स्वागत कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्णाली प्रदेशका सांसद कल बहादुर हमाल, नेकपा एमाले कर्णाली प्रदेश सदस्य नवराज महतारा, नवनिर्वाचित जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, सचिव तीर्थराज बोहरा, उपसचिव प्रदिप लामा, महिला उपसचिव मञ्जु रावल लगायत सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]