लामो समयपछि दैनिक उपभोगय वस्तुको मुल्य निर्धारण

उद्योग बाणिज्य संघ हुम्लाले लामो समयपछि दैनिक उपभोग्य बस्तुको नयाँ मूल्य निर्धारण गरेको छ ।
Logo
Karnali Kerophero बुधबार, बैशाख ०५, २०८१

हुम्ला । उद्योग बाणिज्य संघ हुम्लाले लामो समयपछि दैनिक उपभोग्य बस्तुको नयाँ मूल्य निर्धारण गरेको छ । उद्योग बाणिजय संघले निर्धारण गरेको दैनिक उपभोग्य सामग्रिको मूल्य घटबढ भएको छ ०८१ वैशाख ४ गते उद्योग बाणिज्य संघका अध्यक्ष राम बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले दुई वटा निर्णय गरेको छ । दैनिक उपभोग्य सामानको मूल्य निर्धारण र थोक तथा खुद्रा व्यवसाय छनोट गर्ने यी दुईवटा निर्णय भएको छ ।

सिमकोट बजारमा दैनिक उपभोग्य हुने सामानको हुम्ला उद्योग बाणिज्य संघले गरेको मूल्य निर्धारण अनुसार दैनिक उपभोगय सामानको मुल्य सूचि कायम भए अनुसार सम्पूर्ण व्यवसायीलाई मुल्य वितरण गरिएको छ । बाणिज्य संघ हुम्लाले वितरणको सोही मुल्य कायम भए बमोजीम कार्यान्वय गरिएको बताइएको छ । सिमकोट बजारमा थोक व्यवसाय गर्दै आएका व्यवसायीले खुद्रा सामान विक्री नगर्ने निर्णय गरिएको उद्योग बाणिज्य संघ हुम्लाका अधयक्ष भण्डारीले जानकारी दिए ।

मासु जन्य पदार्थको वितरण तथा खुद्रा प्रति केजी, खसीको् मासु इकाई, प्रति केजी मुल्य निर्धारण गरिएको छ । बजारका व्यवसायीलाई दैनिक उपभोग्य बस्तुको मूल्य विक्रीका लागि निर्धारण गरिएको छ । बोइलर कुखुराको मासु प्रति केजी ७ सय, माछा मासु प्रतिकेजी ७ सय, बङगुरको मासु प्रति केजी ७ सय, अण्डा प्रति गोटा ३०, प्रति क्यारेट ७ सय ५० र रागाँ मासु प्रतिकेजी ७ सय ५० निर्धारण गरिएको बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारीले बताए ।

त्यस्तै खसीको मासु मिक्स प्रतिकेजी १ हजार खसीको नेट मासुको १ हजार १ सय रुपियाँ निर्धारण गरिएको हो । त्यस्तै दैनिक उपभोग्य बस्तुको धारा तेल ३ सय ७०, सन फलावर ३ सय, स्वास्तिक प्रति लिटर २ सय ८०, डाल्टा घ्यु २ सय ८०, चिनि प्रतिकेजी १ सय ७०, चिउरा प्रतिकेजी २ सय मुल्य तोकिएको छ ।

वाइवाइ चाउचाउ ३०, कुकिज विस्कुट १ सय, हर्लिक्स (बटल) प्रतिकेजी ५ सय ५०, हर्लिक्स प्याकेट ४ सय ५०, एर्भिडे दुध ५ सय, कोकोनट विस्कुट २५, ज्याक्स विस्कुट २०, जिरा ५० ग्राम ७०, धनियाँ ५० ग्राम ७०, मिटमसला ७०, सब्जीमसला ५०, बेसार ५०, सेन्टफ्रुट चुइगम ३ सय ५०, कफी ५० ग्रामको १ सय ८०, चिया पत्ती ५०, लुगा धुने सावुन सानो ५० ठुलो ८०, नुहाउने सावुन लक्स ६०, नुहाउने सावुन लाइफवाइ ५५, चामल मोटो प्रतिकेजी १ सय २०, चामल मसिनो प्रतिकेजी १ सय ५० मुल्य तोकिएको उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष भण्डारीले बताए ।

यस्तै प्रिती चाउचाउ २५, करेन्ट चाउचाउ ६०, सेन्चुरी खुर्सानी धुलोमा ५०, मम मसला ५०, टप विस्कुट प्याकेटको ५०, आटा प्रतिकेजी १ सय २०, फ्रुटी ४०, भुजा सानो प्याकेट ५०, भुजा ठुलो प्याकेट १ सय २०, टमाटर सर्स पाँच लिटर १ हजार ३ सय, मैदा एक केजीको १ सय ३० धुलो खुर्सानी ५० ग्रामको ५० र एक सय ग्रामको एक सय रुपैयाँ मूल्य निर्धारण गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]