६० दिने राताे काम्लाे बुनाई सम्बन्धित तालिमकाे उद्घाटन

Logo
ओबराज शाही बिहिबार, चैत्र ०७, २०८१

हिमाली जिल्ला हुम्लाका बेरोजगार महिलाहरुलाई राेजगार सिर्जना गर्नकाे लागि जिल्लामा विभिन्न सीपमुलक तालिम संचालन हुन थालेका छन् । एक जिल्ला एक उत्पादन सँग सहयाेग कार्यक्रम अन्तरगत बेरोजगार १० जना महिलाहरुलाई ६० दिने राताे काम्लाे बुनाई सम्बन्धित तालिमकाे उद्घाटन गरिएकाे छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयकाे आयाेजनामा नाम्खा र सिमकाेट गाउँपालिकाकका १०जना बेरोजगार महिलालाई उक्त तालिम दिन लागेकाे उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यलयकि निमित्त कार्यलय प्रमुख हिरा शर्माले बताइन् । निमित्त कार्यलय प्रमुख शर्माका अनुसार राताे काम्लाे समाजमा हरेक चाड पर्वमा चाहिने महङ्गो पैसाले जिल्लाबाहिर बाट ल्याउनु पर्ने भएकाे देख्दा कार्यलयले आत्मा निर्भर बनाउने लक्ष्यले याे तालिम संचालन गर्न लागेकाे जनाइन् ।

तालिम दुई महिना सम्म संचालन हुने भएकाे छ। याे तालिमकाे लागि सिमकाेट गाउँपालिका वडा ४ कि सरजाक्मु लामा प्रशिक्षककाे रुपमा तालिम दिने भएकि छन् । अन्य तालिमकाे लागि प्रशिक्षक जिल्लाबाहिर बाट ल्याउनु परेकाे भएपनि याे तलिमकाे लागि जिल्लाकै प्रशिक्षक भएकाे हुदा तालिम फलदायी हुने कार्यलयकाे बिश्वास रहेकाे छ ।

तालिममा नाम्खा गाउँपालिकाकि केही बेरोजगार महिला र सिमकाेट वडा १,३,४,र ६ महिलाले तालिम लिने छन् । तालिमकाे लागि कच्चापदार्थ पनि जिल्लामै ब्यवस्थापन गरेकाे र यसकाे जिम्मा वडा ३ कि निमा लामाले लिएको कार्यलय स्राेतले जनाए छ ।

तालिममा आएर भत्ता भन्दा पनि सीप सिक्न र त्यसलाई रङ भर्न तिर जाेट दिनु पर्ने तिर जना प्रशिक्षार्थीहरु लाई पत्रकार महासंघका उपाध्यक्ष सुरेश परियाले आग्रह गरे । पछिल्लो पुस्तामा याे पेसा लाेप हुँदै गएकाे देख्दा दुख्ख लागेकाे थियाे , तर यस कार्यलयले तालिमकाे ब्यवस्था गरेकाे हुदा सीप सिकेर पुस्तालाई हस्तान्तरण गर्न तिर जाेट दिन सिमकाेट ४ का अध्यक्ष प्रताप लामाले बताए ।

अहिले हुम्लाकाे साहाननै राताे काम्लाे भएकाे हुदा सिप सिकेर घरमा थन्क्याएर राख्नु भन्दा पनि ब्यबसाय तर्फि लाग्नु पर्ने तिर ध्यान दिनु जरुरी देखिएकाे जिल्ला समन्वय उपप्रमुख दलु फडेराले बताए । त्यस्तै सीप सिकेर हुम्लाको राताे काम्लाे कर्णाली प्रदेश हुँदै नेपालका भिबिन्न ठाउँ सम्म बजारीकरणकाे ब्यबस्थापन स्थानीय सरकारले गर्नु पर्ने जाेट दिए ।

तालिम सिकेर उक्त तालिमकाे घरमा सदुपयोग नगरे तालिमकाे कुनै अर्थनै नभएकाे नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामाले बताए । अध्यक्ष लामाका अनुसार ६० दिन सम्म सिकेकाे सीप आफुमा मात्र सिमित नराखेर गाउँ घरमा पनि सिकाउनु पर्ने जाेट दिए । त्यस्तै सीप बिनाकाे मान्छे भनेकाे अधुरो लक्ष्य भएकाे हुदा हरेक काममा लागि पर्नु पर्ने तर्फ जानू आवश्यक देखिएकाे जनाए।

बिहिवार भएकाे तालिम उद्घाटनमा नाम्खा गाउँपालिका अध्यक्ष लामा , जिल्ला समन्वय उपप्रमुख फडेरा सिमकाेट वडा ४ का अध्यक्ष लामा , वडा ३ का अध्यक्ष पामा लामा, उद्योग बाणिज्य संघका प्रतिनिधि , प्रशिक्षक , प्रशिक्षर्थि र पत्रकारकाे सहभागी रहेकाे थियाे।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: नन्द सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: ओबराज शाही
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero2080@gmail.com
nandasingh2071@gmail.com

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला