कार्यान्वयन इकाइद्धारा बजार प्रवद्र्धनका विषयमा अन्तरक्रिया

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाले चैत २७ गते जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ ।
Logo
Karnali Kerophero बुधबार, चैत्र २८, २०८०

सिमकोट । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाले चैत २७ गते जनप्रतिनिधि र सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । हुम्लामा स्याउ र ओखर खेतीको संभावनालाई मध्येनजर गर्दै स्याउ तथा ओखरका लागि बजार प्रवद्र्धनका विषयमा सरोकारवाला निमायसँग रायसुझाव संकलन गरेको हो ।

स्याउ तथा ओखर उत्पादन बृद्धि, बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकहरुलाई प्रोत्साहन लगायतका बारेमा समेत छलफल भएको छ । कुनै बेला स्याउलाई माटोको खाल्डोमा भण्डारण गरेर राखिन्थ्यो । मेहनतका साथ उत्पादित स्याउको मुल्य नहुँदा किसान निराश हुँदै आएका छन् ।

स्याउ तथा ओखरले बजारको मागलाई निर्वाध रुपमा पुर्ति गर्नका लागि चीनसँग सिमा जोडिएको हिल्सामा क्वारेन्टटाइनको व्यवस्था गरिनु पर्ने प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन इकाई कार्यालय हुम्लाका प्रमुख राम दरेश रायले बताए । आगामी योजना तर्जुमा गर्नका लागि सरोकावाला निकायको मुख्य भूमिका रहेको प्रमुख रायको भनाई छ ।

हुम्लामा उत्पादन हुने स्याउ र ओखर प्रवद्र्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादन पूर्वको अध्ययन र बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा कार्यक्रममा उपस्थित विभिन्न सरोकारवाला निकायको जोड थियो । गुणस्तरीयता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको मूल्य तथा बजार मागको मूल्यांकन लगायतमा ध्यान दिन आवश्यक रहेको बताइएको छ ।

स्याउ ओखर ढुवानी तथा अनुदानका लागि आएको ७५ प्रतिशत निशुलक बजेटमा कुनैपनि कृषकले आवेदन दर्ता नदिएको प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन इकाई हुम्लाका प्रमुख रायले बताउनुभयो । आफु हुम्ला पुगेको तीन महिना भइसक्दा पनि अनुदानको माग गर्न कोही पनि नपुगेको प्रमुख रायले बताउनुभयो । स्याउ ओखरको मुल्य एकरुपता गरेर आयात र निर्यातलाई प्रवन्धन गर्न समेत सुझाव दिइएको छ ।

बजार प्रवद्र्धन तथा अन्तरक्रिया कार्यक्रम सोही कार्यालय प्रमुख राम दरेश राय, जिल्ला समन्वय समितीका प्रमुख शिवराज शर्माको प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । यस्तै उक्त कार्यक्रममा जिल्ला समन्वय समितीका उपप्रमुख दलु फडेरा(सन्जय), सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी(प्रतिरोध), नाम्खा गाउँपालिका अध्यक्ष प्रेम बहादुर लामा, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेल लगायत विभिन्न कार्यालय प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडाध्यक्षको उपस्थित रहेको थियो ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]