

हुम्ला । नेपाल कम्युनिस्ट पार्टि एमाले जिल्ला कमिटी हुम्लाले स्वागत तथा सम्मान कार्यक्रम सञ्चालन गरेकाे छ ।
एमाले जिल्ला कमिटी हुम्लाले भरखरै मात्र सम्पन्न प्रेस चाैतारी नेपाल कर्णाली प्रदेश कमिटकाे सचिवमा निवार्चित शुरेस परियार र नेपाल सरकारकाे भूमि समस्या समधान आयाेगकाे विज्ञ सदस्यमा चन्द्र प्रसाद ढकाल र सदस्यमा पर्वत सुनार नियुक्त भएकाे भन्दै स्वागत तथा सम्मान गरिएकाे हाे ।
नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहीकाे अध्यक्षतामा सञ्चालन भएकाे उक्त कार्यक्रममा पार्टीका उपाध्यक्ष शाही, सचिव तिर्थराज बाेहरा, उपसचिव प्रदिप लामा लगायतका व्यक्तिहरुले टसिखाता र अविर लगाएर सम्मान गरिएकाे थियाे ।