हुम्लामा पनि सुरू हुँदैः एचपिभी खोप अभियान

हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपिभी) खोप अभियान सञ्चालनको अन्तिम तयारिमा छ ।
Logo
Karnali Serophero आइतबार, फाल्गुण ११, २०८१

हुम्ला । हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपिभी) खोप अभियान सञ्चालनको अन्तिम तयारिमा छ । देशभर गत माघ २२ गतेबाट खोप लगाउने कार्य सुरु गरिएको भए पनि हुम्लामा अत्याधिक चिसो हुनुका साथै विद्यालयहरू पनि बन्द भएका कारण यहाँ फागुन १८ गतेदेखि यो अभियान सुरू हुने भएको हो ।

दुर्गम जिल्ला भनेर चिनिएिको हुम्लामा विद्यालय समेत बन्द रहेका कारण केही समय ढिला गरी यो खोप अभिययान सञ्चालन हुने भएको छ । फागुन ११ गते स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनामा सञ्चारकर्मीरूसंग सञ्चालन भएको अभिमुखीकरण कार्यक्रममा उक्त कुराको जानकारी गरिएको थियो ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकीत्सक प्रतिक्षा भारतीले हुम्ला जिल्लामा पनि सञ्चालन हुने उक्त खोप अभियानमा सरकोकारवाला निकाय र सञ्चारकर्मीको पनि ठूलो भूमिका रहेकोले सहयोग गर्न अनुरोध गरेकी थिइन । हुम्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्धको (एचपिभी) खोप विद्यालयमा अध्ययनरत छात्राहरूलाई लक्षित गरेर लगाउन थालिएको बताइएको छ ।

यो समय हुम्ला जिल्लाका विद्यालयहरू सञ्चालनमा आएर भर्ना कार्य सुरुवाती भएकाले स्वास्थ्य सेवा कार्यालयले सबैको सुझाव अनुसार खोप अभियानको मिति तया पारेको हो । जस अन्तरगत उक्त अभियान बारे खोप समन्वय समिति, सञ्चारकर्मी र अन्य सरोकारवाला निकाय समक्ष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको खोप फोकल प्रशन प्रेम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार किशोरीहरूलाई खोप लगाउनका लागि ३ हजार ७ सय ८० भाईल खोप जिल्लामा आई पुगेको र केही दिनमा उक्त खोप, सम्वन्धित केन्द्रतर्फ ढुवानी गरिने भएको छ । सो खोप विशेष गरि १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लगाउन तयारी गरिएको छ । उक्त खोप ३ हजार ४ सय ४३ किशोरीका लागि लक्षित गरिएको छ ।

जसमा विद्यालय जाने किशोरी र विद्यालय जान नपाएका दुबै समुहका किशोरीमा यो खोप लगाइने भएको हो । जिल्लाका सातवटा गाउँपालिकाहरूमा ९९ वटा खोप केन्द्रबाट उक्त खोप अभियान सञ्चालन हुने भएको पाण्डेले बताए । जिल्लाको छ वटा गाउँपालिकामा फागुन १८ देखि २९ गतेसम्म यो खोप अभियान सञ्चालन हुने भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमी, यारी लगायतका गाउँ हिउँले बाटो बन्द हुने हुँदा फागुन महिनाको २० गतेदेखि ०८२ बैशाख ७ गतेसम्म उक्त खोप अभियान सञ्चालन हुने उनको भनाई छ ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको १७ वटा खोप केन्द्रबाट ३ सय १९ किशोरी, सिमकोट गाउँपालिकाका २० वटा खोप केन्द्रबाट ७ सय ५६, खार्पुनाथका १५ वटा खोप केन्द्रबाट ३ सय ६५, सर्केगाडका १८ वटा खोप केन्द्रबाट ६ सय ८६, चंखेलीका सातवटा खोप केन्द्रबाट ३ सय ३१, अदानचुलीका १० वटा खोप केन्द्रबाट ६ सय ७ र ताँजकोट गाउँपालिकाका १२ खोप केन्द्रबाट ३ सय ७८ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप लगाइने लक्ष्य रहेको छ ।

विद्यालय जाने कक्षा ६ देखि १० सम्मका किशोरीलाई विद्यालयमै खोप दिइने र विद्यालय नजाने किशोरीलाई पनि उक्त खोप लगाइने तयारी गरिएको छ । खोप केन्द्रमा ९९ जना स्वास्थ्यकर्मी र १ सय ९८ जना स्वयंसेवक परिचालन गरिने छ । यो अभियानले पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न महत्वपूर्ण योगदान पुर्याउने भएको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला