६० केजी कुखुराको मासु बरामद पछि नष्ट

हुम्लाको दक्षिणि क्षेत्रको सर्केगाड बजारदेखि पैदल मार्गबाट खच्चडमा ढुवानी गरेर ल्याएको कुखुराको मासु नष्ट गरिएको छ ।
Logo
नन्द सिंह मंगलबार, चैत्र २७, २०८०

सिमकोट । हुम्लाको दक्षिणि क्षेत्रको सर्केगाड बजारदेखि पैदल मार्गबाट खच्चडमा ढुवानी गरेर ल्याएको कुखुराको मासु नष्ट गरिएको छ । तीन दिन लगाएर सदरमुकाम सिमकोट ल्याएको वासी मासु बिक्री गर्न खोजेपछि सिमकोट गाउँपालिका पशु शाखाले व्यापारीबाट बरामद गर्दै नष्ट गरेको हो ।

०८० चैत २४ गते सुर्खेतबाट सर्केगार्ड गाउँपालिका–६ स्थित गीउसीसम्म गाडीमा र त्यस यता प्लास्टिकमा पोका पारेर खच्चडमा ढुवानी गरी ल्याएको ६० केजी मासु सदरमुकाम सिमकोटमा बरामद गरी चैत २६ गते नष्ट गरिएको शाखाका नायव पशु स्वास्थ्य प्राविधक विष्णु बुमीले जानकारी दिए ।

उनका अनुसार प्रहरीको गोप्य सुचनाका आधारमा सिमकोट स्थित छातिकोट फ्रेश हाउसको तीन दिनदेखिको बासी मासुलाई नष्ट गरिएको छ । फ्रेश हाउसलाई एक पटकका लागि चेतावनी दिदै माफि दिएको र यसपछि पनि यस्तो कार्य गरेमा कानुनी कारवाही गरिने कागज गरिएको छ । बरामद गरिएको उक्त मासुलाई गाडिनुका साथै अवदेखि यस्तो कार्य गर्न नमिल्ने भन्दै सचेतना गरिएको छ ।

प्रतिक्रिया
हाम्रो बारे

   प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला

हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]