भूमि समस्या समाधान आयोग हुम्लाद्वारा पत्रकार भेटघाट

Logo
लोग भण्डारी आइतबार, माघ २७, २०८१

हुम्ला। भूमि समस्या समाधान आयोग हुम्ला शाखाले पत्रकार भेटघाट कार्यक्रम सञ्चालन गरेकाे छ ।

गत पुस २९ गते सरकारले नियुक्त गरेका भूमि समस्य समाधान आयोग हुम्लाकाे आयाेजनामा पत्रकार भेटघाट कार्यक्रम सञ्चालन  गरेकाे हाे ।

जिल्लामा नयाँ नेतृत्व आएसंगै हुम्ला स्थित अध्यक्ष नरबहादुर राेकायाले आयाेगका बारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा अध्यक्ष राेकायाले भूमि हिन, सुकम्वासी र अव्यवस्थित वसोवासीले लालपुर्जा पाउनका लागि सहजकर्ताको काम गर्ने जानकारी दिए ।

उनले निष्पक्ष र सवैको सहकार्यमा काम गर्ने र जिल्लामा पाउनै पर्ने ब्यक्तिहरुको पहिचान गर्न वडा र गाउँपालिकाको सहयोग आवश्यक रहेको बताए । वडा बिज्ञ सदस्य र अन्य दुई जना सदस्यहरु समेत नियुक्त भई सकेको कारण आयोगले हुम्लामा काम चाँडै सञ्चालन गर्ने पनि जानकारी दिए ।

पहिलो कुरा एक वर्षे कार्य योजना निर्माणको काममा आफु लाग्ने र त्यस लगत्तै जिल्लाका ४४ वटा वडा मै पुगेर कामका वारेमा अभिमूखिकरण गर्ने उनले बताए ।

हुम्लामा भूमि हिन र सुकुमवासीको संख्या ज्यादै न्यून भएको र अव्यवस्थित वसोवासीको पहिचान गर्न पनि सहज नभएको उनको भनाई छ ।

उनले अहिले सरकारले ल्याएको यी तीनै क्षेत्रका सेवाग्राही छनौट गर्ने कार्यबिधि हिमाली जिल्लाका लागि उपयुक्त नदेखिएको समेत बताए । अध्यक्ष रोकायासंग सञ्चारकर्मीहरुले बिभिन्न जिज्ञासा राखेका थिए ।

प्रतिक्रिया
हाम्रो टीम

प्रबन्ध निर्देशक: मदन सिंह
सम्पादक: लक्ष्मी बुढा
सह–सम्पादक: नन्द सिंह
प्रमुख रिर्पोटर: लोग भण्डारी
रिर्पोटर: ऐटन रावल

सम्पर्क

karnaliserophero.com
tel: ०८७६८०१६२
mobile no : ९८४८३१८०९२
karnaliserophero[email protected]
[email protected]

हाम्रो बारे

सूचना विभाग दर्ता नं. ४८५८–२०८१–२०८२

    प्रकाशक
रेजिना मल्टी मिडिया
सिमकोट ५ , हुम्ला